logo
२०८१ बैशाख ७ शुक्रवार



अठार लाख नेपाली रुपियाँसहित तीन भारतीय पक्राउ

प्रदेश |


अठार लाख नेपाली रुपियाँसहित तीन भारतीय पक्राउ
नेपाली रुपियाँसहित पक्राउ परेका तीनजना भारतीय नागरिकलाई सार्वजनिक गर्दै पर्सा प्रहरी



दिपकप्रसाद गौतम
वीरगञ्ज, कात्तिक २२ गते । पर्सा प्रहरीले श्रोत नखुलेको १८ लाख नेपाली रुपियाँसहित तीनजना भारतीय नागरिकलाई नेपाल भारत सीमा नाका नजिकैबाट नियन्त्रणमा लिएको छ ।

शुक्रबार विहान साँढे दश बजेतिर वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चौकबाट नेपालबाट भारततर्फ मोटरसाईकलमा जाँदै गरेका तीनजना भारतीय नागरिकलाइ पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी नायव उपरिक्षक गौतम थापाले बताउनुभयो ।

पक्राउ पर्नेमा भारत विहार सुगौली बजार बस्ने २२ वर्षीय बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने २६ वर्षीय सुधिर कुमार र ३० वर्षीय सहिद आलम रहेका छन् ।

उनीहरुले प्रयोग गरेको बिआर ०५ एस ३७९२ , बिआर ०५ बि १४४४ र बिआर ०६ एआर ३७८९ नम्बरका मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका भारतीय नागरिकहरु हुण्डी कारोबारी हुनुसक्ने प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?