logo
२०८१ मंसिर ११ मंगलवार



जुम्लाको होटलमा आगलागी : दमकलले जोगायो मुख्यशहर

प्रदेश |


जुम्लाको होटलमा आगलागी : दमकलले जोगायो मुख्यशहर


नेत्रशाही जुम्ला 
खलङ्गा कात्तिक २३ गते । यहाँको मुख्यबजारमा रहेको नेवाकिचनमा आगलागी भएको छ । स्थानीयप्रशासन, सुरक्षानिकाय र नगरपालिका र स्थानीयको पहलमा आगो नियन्त्रणमा लिन सफलभएको छ । सो होटलको माथिल्लो तलामा आगलागी भएको ५ मिनेटमै दमकल त्यहाँपुगेपछि आगो नियन्त्रणमा लिन सफलहो ।
चन्दननाथ नगरपालिकाको दमकलले आगो नियन्त्रण गरेको छ शबिार विहान ठिक ९ बजे केही पड्किएको आवाजआएको सुनियो वाहिर हेर्दा आगो दन्किरहेको थियो । आगो लागि भएको पहिलो पटक प्रमुखजिल्लाअधिकारी दुर्गा बञ्जाडेले आफै प्रत्यक्षदेख्नुभयो । जिल्ला प्रशासनबाट एकघर मात्रै उताको होटलमा आगोलागेको देख्दा उहाँले तत्कालनगरपालिका मेयर कान्तिका सेजुवाललाई फोन गरेर दमकल ५ मिनेटमै घटनास्थलमा पुगेको प्रजिअ बञ्जाडेले जनाउनुभयो । उहाँले समयमै सुरक्षा निकायकाप्रमुखहरुलाई समेत खवर गरेपछि एकैछिनमा सवै घटना स्थलमाजम्माभएर नियन्त्रणमा लागिसकेकाथिए । दमकलवोलाउननगरपालिकामा स्थानीयको दौडादौड समेत भएको थियो ।
खबर आउने बित्तिकै ५ मिनेटमै दमकल पुररयाउन सफलहुदा जुम्लाको पुरै शहर जोगिएको चन्दननाथनगरपालिकाका मेयर कान्तिका सेजुवालले जानकारी दिनुभयो ।
यसैगरी चन्दननाथनगरपालिका ५ का घरधनी नवराज श्रेष्ठको घरको माथिल्लो पुर्ण रुपमाजलेको र क्षतिको एकिन विवरण प्रहरीले संकलनगर्दै गरेको प्रहरी नायव उपरीक्षकलालबहादुर धामीले जानकारी दिनुभयो । उहाँकाअनुसार समयमै दमकल, स्थानीय र सुरक्षाकर्मीको जोडमा आगो नियन्त्रणमा ल्याईएको छ ।
मुख्यबजारमै जादैन दमकल ः
जुम्लाका कतिपय मुख्यबजारमादमकल नै नछिर्ने भएकाले सो अनुसारको बाटोको आवश्यकता छ बढ्दो विकास सँगै यो ,बिषय ध्यान नदिएकोमा कतिवेला जोखिमहुने भन्ने डर रहेकोले तत्काल सवै स्थानमादमकल र एम्वुलेन्स छिर्ने बाटो अनिवार्य हुनुपर्ने स्थानीयको गुनासो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?