logo
२०८१ मंसिर ११ मंगलवार



जेष्ठनागरिकका लागि आश्रम गृह

प्रदेश |


जेष्ठनागरिकका लागि आश्रम गृह


गोरखापत्र अनलाइन
सल्यान, कात्तिक २४ गते । त्रिवेणी गाउँपालिका, सल्यानले जेष्ठ नागरिकहरुला लागि आश्रम गृह निर्माण गरेको छ । गाउँपालिका भित्र रहेका जेष्ठ नागरिक मध्ये कसैलाई पनि साहारा आवश्यक परेमा आश्रम गृहमा वस्न सक्ने गरी त्रिवेणी लुहाम भवन निर्माण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गएका आर्थिक वर्षमा भवन निर्माणका लागि २० लाख रकम खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत रेमन्तवहादुर डाँगीले वताउनु भयो । उहाका अनुसार आश्रम गृह दुई कोठे रहेको छ । यो वर्ष पनि थप काम गर्न ५ लाख वजेट ब्यस्था गरिएको छ ।
अशक्त र घरबार विहिन बृद्धबृद्धाहरुको संरक्षण र सहजताका लागि वृद्धाआश्रम भवन निर्माण गरिएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले वताउनुभयो । उहाँका अनुसार बृद्धाश्रम संरक्षण तथा संचालनको लागि त्रिवेणी तिर्थशाला धामलाई जिम्मा दिइएको छ ।
गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरी भवन वनाउनु राम्रो भएको जेष्ठ नागरिक संघ सल्यानका अध्यक्ष कृष्णराज उपाध्यायको भनाई छ । अहिले राज्यको पुर्नसरचना भएको छ । स्थानीय तहले जेष्ठ नागरिकलाई समाजीक सुरक्षा भत्ता वाहेक अरु केही नदिएको उपाध्यायको गुनासो छ । उहाले भन्नुभयो जेष्ठ नागरिकका अनुभव नयाँ पुस्ताका लागि शिक्षा हुन स क्छ । एउटै थलोमा जम्मा हुने वातावरण तयार गरिदिनु परयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?