logo
२०८१ मंसिर ११ मंगलवार



प्रदेश प्रमुख यादवको गृहनगर सुखीपुरमा भव्य अभिनन्दन

प्रदेश |


प्रदेश प्रमुख यादवको गृहनगर सुखीपुरमा भव्य अभिनन्दन


जिवछ यादव
लहान, कातिक ३० गते । प्रदेश–५ का नवनियुक्त प्रदेश प्रमुख धर्मनाथ यादवलाई गृह नगर सुखीपुरमा अभिनन्दन गरिएको छ ।
७६ वर्षको उमेरसम्म निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनु भएको सुखीपुर नगरपालिका ६ खरहिटोलका धर्मनाथ यादवलाई नियुक्त गरेकोमा सुखीपुर नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरेर अभिनन्दन गरेको हो ।
कार्यक्रममा सिरहा ३ का संघीय सांसद लिलानाथ श्रेष्ठले नव नियुक्त प्रमुख यादवले कहिले पनि व्यक्तिगत स्वार्थलाई बढावा नदिई पार्टीको संगठन निर्माणको काममा लागेर योगदान गरेकोले ढिलै भए पनि नेपाल कम्युनिष्ट पार्टीले न्याय गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, सदा जीवन उच्च विचारको यादव स्थायी शिक्षण पेसा छाडेर २०४८ र २०५१ सालको प्रतिनिधि सभाको निर्वाचनामा सिरहा ३ बाट नेकपा एमालेको उम्मेदवार हुदाँ पराजित भए पनि कहिले हरेस खानु भएन । २०६४ र २०७० को संविधान सभाको निर्वाचनमा समानुपातिकमा पार्न जिल्लाका नेता तथा कार्यकर्ताको दबाब पार्टीलाई थियो । सामानुपातिकमा नपर्दा जिल्लामा नेता कार्यकर्ताहरुमा खिन्ता छाएकै थियो । बल्ल यस पटक प्रमुखमा नियुक्त हुनुभयो । यसले नेकपाको नेता कार्यकर्ता मात्रै होइन, अन्य दलका नेताहरुले समेत खुसी व्यक्त गरेका छन् ।
सिरहा २ का संघीय सांसद सुरेश चन्द्र यादवले धर्मनाथ यादव एक नेता मात्रै नभएर सामाजिक विकृति हटाउने अभियन्ता , कलाकार र गीतकार समेत भएको बताउनुभयो ।
नेकपा केन्द्रिय सदस्यद्वय रामचन्द्र यादव, सिरहा ३ (क) का प्रदेश सभा सदस्य रामकुमार यादव सिरहा १ (क) का प्रदेशसभा सदस्य लगन लाल चौधरी , लहान नगरपालिका प्रमुख मुनि साह, धनगडीमाई नगरपालिका प्रमुख हरिनारयण चौधरी, सिरहा जिल्ला समन्वय समिति प्रमुख रामचन्द्र ठाकुर र सुखीपुर नगरपालिका प्रमुख राम औतार यादवले अभिन्न्दन गर्दै सुखी नेपाली , समृद्ध नेपालको नारा सफल बनाउन कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
खुल्ला सभामा आयोजित अभिनन्दन सभामा सिरहाका एक दर्जनभन्दा वढी माध्यमिक विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुले अभिन्ननदन पत्र र दोसलला ओढाएर प्रमुख यादवलाई सम्मान गरिएको थियो ।
आफ्नै गृह नगरमा सम्मानित हुनु भएको प्रदेश ५ का प्रमुख धर्मनाथ यादवले भन्नुभयो, ‘७६ वर्षको उमेरमा नकपाले मलाई यस्तो गहन जिम्मेवारी दिएको छ । यस जिम्मेवारीलाई इमानदारी र निष्ठाको साथ निर्वाह गर्नेछु । अब समृद्धि र विकासको लागि आपसी मतभेदहरु त्यागेर सामाज , प्रदेश र देश निर्माणको लागि एक भएर लाग्नुको विकल्प छैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?