logo
२०८१ मंसिर ११ मंगलवार



कीर्तिपुण्य महाविहारको उद्घाटन

प्रदेश |


कीर्तिपुण्य महाविहारको उद्घाटन



काठमाडौँ, मङ्सिर ८ गते । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नं २१ स्थित लगनटोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको शनिबार उद्घाटन गर्नुभएको छ । विसं २०७२ को भूकम्पले यस विहारलाई क्षति पु¥याएको थियो ।

एक वर्षअघि पुनःनिर्माण शुरु गरिएको यस विहारको तोकिएको समयमै निर्माणकार्य सम्पन्न भएको हो । यस विहारको लागत रु ४९ लाख भए पनि ४४ लाखमा सम्पन्न भएको बताइएको छ ।
प्रमुख शाक्यले सत्तल, महाविहार, पाटी–पौवा, मन्दिर पुनःनिर्माण महानगरपालिकाको नीतिभित्रै रहेको बताउनुभयो ।

कामपाले नयाँ निर्माणलाई निषेध गर्दै पुनःनिर्माणलाई प्राथमिकता दिएको बताउँदै पुनःनिर्माण गर्नुपर्ने स्थानमा कामपा र स्थानीय गुठियारको पहलमा काम अघि बढाइने बताउनुभयो ।

उहाँका अनुसार कतिपय ठाउँमा गुठी संस्थान र पुरातत्व विभागले राम्रो समन्वय गर्न नसक्दा समस्या भए पनि निर्माणका लागि कामपासँग आर्थिक स्रोतको अभाव छैन ।

वसन्तपुरमा भूकम्पकै कारण क्षति भएका आठ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने अन्य नौ वटा पुनःनिर्माणको अवस्थामा रहेको छ ।

कीर्तिपुण्य महाविहार उपत्यकाको पहिलो महाविहार भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?