logo
२०८१ मंसिर ९ आईतवार



डेंगुको कारण सुस्ताएको जलविहार पुनः जुर्मुराउँदै

प्रदेश |
पर्यटन |


डेंगुको कारण सुस्ताएको जलविहार पुनः जुर्मुराउँदै


प्रकाशचन्द्र भट्टराई

दमौली, मंङसिर १० गते । डेंगुको कारण केही समय सुस्ताएको तनहुँको -याफ्टिङ (जलविहार) पुनः जुर्मुराएको छ । -याफ्टिङको मुख्य सिजन भदौ/असोज महिना डेंगु रोगको कारण अधिकांश पर्यटकले बुकिङ स्थगित गरेको कारण तनहुँको -याफ्टिङ व्यवसाय ठप्प जस्तै थियो । तर अहिले क्रमशः जाडो बढ्न थालेपछि लामखुट्टे देखिन कम हुन थालेको कारण -याफ्टिङ सुरु हुन थालेको तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङले बताउनुभयो ।

डेंगुको माहामारीको कारण अधिकांश पर्यटकले आफ्नो बुकिङ क्यान्सिल गरेपछि मुख्य सिजनमा गत वर्षको भन्दा ५० प्रतिशत कम पर्यटकले जलविहार गरेको मादी सेतीमा जलविहार गराउँदै आएको -यापिड रनर एक्सपेडिसनका प्रोपाईटर विरेन्द्र लामाले बताउनु भयो । पानीमा बस्ने लामखुट्टेको टोकाईको कारण डेंगु रोग सर्ने भएको कारण विदेशी पर्यटकहरुले -याफ्टिङको सिजनमा बुकिङ क्यान्सिल गरेको लामाले जानकारी दिनुभयो ।

अहिले जाडो बढ्न थालेपछि लामखुट्टेको असर पनि कम हुँदै गएपछि बल्ल बुकिङ सुरु हुन थालेको लामाले बताउनु भयो । तनहुँ पर्यटन विकास समितिका अध्यक्ष गुरुङले पनि मुख्य सिजनमा -याफ्टिङ कम भएपनि कार्तिक महिनाको अन्तिम साताबाट पुनः सुरु भएको बताउनु भयो । अवको एक महिना पछि नेपाल भ्रमण वर्ष २०२० सुरु हुने भएको कारण पनि -याफ्टिङलाई प्रबद्र्धन गर्नु आवश्यक रहेको गुरुङले बताउनुभयो ।

नदीमा पानीको वहाव कम हुने तथा सफा र स्वच्छ पानी तथा वातावरणको कारणले हिउँदको समयमा मादी र सेती नदीमा जलविहार गर्ने पर्यटकहरुको संख्या धेरै हुने गर्छ । जलविहारको लागि मादी र सेती नदी निकै उत्तम भएको कारण यहाँ पर्यटकहरु आकर्षित हुने पर्यटन विकास समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।

प्राकृतिक दृश्यावलोकन सहित -याफ्टिङ गर्न पाइने भएकाले मादी सेती नदी पर्यटकको रोजाइमा पर्ने गरेको गुरुङले बताउनु भयो । उक्त नदीमा पानीको बहाव ३ प्लस -यापिड भएकाले सो रुट -याफ्टिङको लागि अति नै सुरक्षित मानिएको -याफ्टिङ गाइड हिरा गुरुङले बताउनुभयो ।

दमौली देखी चितवनको गाईघाटसम्म मादी सेती नदीमा गत वर्ष सिजनमा दैनिक ५० देखी १ सय जना सम्म स्वदेशी तथा विदेशी पर्यटकहरु -याफ्टिङको लागी आउने गरेको लामाले जानकारी दिनु भयो । अहिले दैनिक १५/२० जनाले -याफ्ङि गरेको पर्यटन विद गुरुङले जाजकारी दिनु भयो ।

मादी सेती नदीमा -याफ्टिङ गर्न एक रात र दुई दिनको प्याकेज व्यवस्था गरिएको छ । पहिलो दिन दमौलीको मादी नदीबाट -याफ्टिङ गरेको टोली बन्दीपुरको धाप, खहरे हुँदै साराङघाटमा पुगी बास बस्ने र भोलीपल्ट चितनवको गाईघाट पुगी समापन गर्छन् । दमौलीदेखि चितवनको गाईघाटसम्मको -याफ्टिङको दुरी ३२ किलोमिटरको दुरीमा पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?