logo
२०८१ मंसिर ११ मंगलवार

  झापा गापाको नयाँ प्रयोग 



जन्मदा फलफूल, मृत्युमा आठ हजार

प्रदेश |


जन्मदा फलफूल, मृत्युमा आठ हजार


टीकाराम उप्रेती
झापा मङ्सिर १० गते । झापा जिल्लाको झापा गाउँपालिका वडा नं २ क्वाँडीको गयासरी राजबंशीको श्रीमान बितेको आठौं दिन पुगेको थियो । भेटन र समवेदना दिन आउनेको आउजाउ पातलिँदै थियो तर उहाँको आँगनमा गाउँपालिका अध्यक्ष जयनारायण शाह, प्रमुख प्रशासकीय अधिकृतसँगै वडाअध्यक्ष आए पछि उहाँ एकैछिन अचम्ममा पर्नुभयो । गाउँपालिका अध्यक्षसँगै जिम्मेवार व्यक्तिलाई घरमै आए पछि श्रीमाान्ले केही गल्ती पो गर्नु भएको सोच्दै हुनुहुन्थ्यो । गाँउपालिका अध्यक्ष शाहले समवेदनापत्र पढेर सुनाउनु थाल्नुभयो त्यति नै बेला गयासरी राजबंशीको आँखाबाट आँशु रसाए ।
त्यति मात्र होइन उहाँलाई गाउँपालिका अध्यक्ष जयनारायण शाहले किरीया खर्च बापत नगद आठ हजार दिएपछि उहाँले सरकार गाउँमै आएको महशुस भएको बताउनुभयो ।
कुनै परिवारका सदस्यको मृत्यु भएको अवस्थामा यसरी सहयोग लिएर जाँदा तत्काल काजक्रिया गर्ने खर्च अभाव भएका परिवारलाइ थोरै भए पनि राहात हुने गर्दछ साथै जनप्रतिनिधि घर मै जाँदा जनतासँग प्रत्यक्ष दुःख साट्न सकिने भएकाले यो कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो
‘यसरी दुःखमा बसेको अवस्थमा सहयोग लिएर आएपछि हामीलाई सरकार बल्ल आएको जस्तो भयो । काम सकेर ३५ दिन भित्र मृत्यु दर्ता गर्नुभन्नु भएको थियो त्यसैले मैले नि श्रीमानको मृत्यु दर्ता गरिसके’ गयासरीले गाउँ सरकारले निक्कै राम्रो काम गर्नुभएको बताउनुभयो ।
उहाँलाई मात्रै नभएर गाँउपालिकाभित्र भित्र कसैको मृत्यु भएमा दुःखमा परेको अवस्थमा मृत्यु सस्कार अनुसार क्रिया बारेकै अवस्थामा आठ हजार नगद सहित समबेदना पत्र लिएर जाने गरिएको छ । यसरी जाँदा गाउँपालिका अध्यक्ष उपाध्यक्ष र सम्बन्धित वडाका जनप्रतिनिधि साथमै जाने गर्नु भएको छ ।
मृत्यु संकारमा सहयोग गर्ने मात्रै हैन नयाँ बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराएमा गाँउपालिकाले फलफूल वितरण सुरु गरेको छ । सर्वसाधारण नागरिकले समयमा जन्म र मृत्यु दर्ता गराउन प्रोत्साहन गर्न झापा जिल्लाको झापा गाउँपालिकाले जन्म र मृत्यु दर्तालाई शतप्रतिशत गराउन योजना अघि सारेको हो ।
यो अािर्थक बर्षदेखि नै जन्मदेखि मृत्युसम्म भन्ने नयाँ कार्यक्रम सञ्चालन गरेपछि स्थानीय तहमा दर्ता गराउने आउनेको सख्यामा उल्लेख्य प्रगति भएको हो ।
मानिस जन्मिएपछि स्थानीय तहमा जन्म दर्ता अनिवार्य गर्नुपर्छ । त्यस्तै मृत्युृ हुँदा मृत्यु दर्ता समेत अनिवार्य गर्नुपर्छ । झापा गापाका अधिकांश मानिस जन्म र मृत्यु दर्ता नै गर्न नआएपछि नयाँ उपायको सुरु गरेको हो ।
मध्य झापाको दक्षिणमा पुरानो जिल्ला सदरमुकाम समेत रहेको झापा गाउँपालिका क्षेत्रमा अधिकांश तराई आदिवासीहरुको बसोबास रहेको छ । खासगरि यो क्षेत्रमा राजबंशी, ताजपुरिया, सन्थाल, समुदायको बाहुल्यता रहेको छ । जन्म र मृत्यु दर्ता गराउन स्थानीयले चासो कम देखाएपछि त्यसलाई प्रोत्साहन गर्न गाउँपालिकाको गाउँसभाबाट नै चालु आर्थिक बर्षमा कार्यक्रम नै पारित गरेर लागु गरिएको हो ।
गाउँपालिकाले चालू आर्थिक बर्षमा यो कार्यक्रमका लागि भनेर आठ लाख रुपैयाँ बिनियोजन गरेको छ । बिनियोजित बजेट मध्ये कातिक मसान्तसम्ममा ६५ मृत्यु भएको परिवारलाई आठ हजारको दरले सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?