logo
२०८१ मंसिर ९ आईतवार



हुम्लामा मत गणना सुरु

प्रदेश |


हुम्लामा मत गणना सुरु


याङ्चु , मंङ्सिर १५ गते । हुम्लामा ढिलो गरि मत गणना कार्य सुरु भएको छ । निर्वाचनमा प्रतिस्पर्धी तीन वटै दलहरुले प्रत्येक मत केन्द्रको गणना फरक रुपमा गर्ने अडान लिए पछि रोकिएको मत गणना कार्य पछि निर्वाचन आयोगको सिधा निर्देशन मत गणना सुरु गर्नु भन्ने आएपछि मत गणना कार्य सुरु भएको छ ।

शनिबार राती अबेर गरि खार्पुनाथ गाउँ पालिका केन्द्र याङ्चुमा पाँच वटै मत पेटिकामा आई पुगेकामा आईतबार बजेर सात मिनेटमा मत गणना कार्य सुरु भएको छ । बिहान आठ बजे सर्बदलीय बैठक बोलाएको भएपछि दलहरुको प्रत्येक मतदान केन्द्रको गणना कार्य फरक गर्नु पर्ने अडान आएपछि सो कार्य हुन सकेको थिएन ।

मुख्य निर्बाचन अधिकृच चन्द्रकान्त पौडेलले निर्बाचन आयोगका मुख्य निर्बाचन अधिकृत दिनेश थपलियासंग सम्पर्क गरि हुम्लाको समस्या बताए पछि मुख्य आयुक्त थपलियाले दलहरु नबसे पनि गणना कार्य सुरु गर्नु भन्ने मौखिक आदेश दिए पछि मत गणना कार्य सुरु गर्ने मुख्य निर्बाचन अधिकृत पौडेलले जानकारी दिनु भएको थियो । त्यसपछि दलहरु आफ्नो अडानबाट पछि हटेका थिए । त्यस पछि वडा नम्बर १ को मालिका माबि मतदान केन्द्र र वडा नम्बर ४ को सीता मावि केन्द्रको मतलाई मिसाइएको छ भने वडा नम्बर २ को शंकर आधारभुत, ३ को हुम्ला माबि र वडा नम्बर ५ का मान्धारा मावि केन्द्रको मत मिसाउर गणना कार्य सुरु भएको छ ।

दुई स्थानमा मत गणना कार्य सुरु भएको छ । तीन देखि चार घण्टामा मत परिमाण आउने अपेक्क्षा गरिएको छ । यो निर्बाचनमा खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा ८४ दशमलब सात प्रतिशत मत खसेको छ । अर्थात दुई हजार आठ सय ६९ मत खसेको छ । खार्पुनाथ गाउँपालिकामा तीन हजार तीन सय ८७ मत रहेको थियो जसमा पाँच सय १८ मत खसेको थिए । उपनिर्बाचनमा मुख्य गरि नेपाली काँग्रेसकी तारा शाही र नेकपाकी रुपा शाहीकाबिच कडा टक्कर हुने बिश्लेषण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?