logo
२०८१ मंसिर ९ आईतवार



एक ठाउँमा राजपा र अर्को ठाउँमा काँग्रेस विजयी, दुई ठाउँको मतगणना जारी

प्रदेश |


एक ठाउँमा राजपा र अर्को ठाउँमा काँग्रेस विजयी, दुई ठाउँको मतगणना जारी


जलेश्वर, मङसिर १५ गते । महोत्तरी जिल्लाको चार ठाउँमा भएको उपनिर्वाचनमा दुई ठाउँको नतिजा आइसकेको छ भने दुई ठाउँको मतगणना जारी रहेको छ । एकठाउँमा राजपाले जित हात पारेको छ भने अर्कोमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

जिल्लाको मटिहानी नगरपालिका वडानं. ६ मा राष्ट्रिय जनता पार्टीका रामबाबु नायक विजयी हुनुभएको छ भने बलवा नगरपालिका वडानं. २ को वडाध्यक्षमा नेपाली काँग्रेसका बिपिन पंजियार सुडी विजयी हुनुभएको छ ।

नायकले झिनो मतअन्तरले नेकपाका उम्मेदवार जाकिर हुसैनलाइ पराजित गरेका छन् । नायकले ३७५ मत पाएका हुन् भने असारीले ३५५ मत ल्याएका थिए । त्यसैगरी बलवा वडानं. २ मा सुडीले राजपाका वृजलाल साहलाई १०९ मतको अन्तरले हराएर विजयी भएका हुन् । विपिनले ४६१ म्त ल्याए भने बृजलालले ३५२ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राति देखिनै कडा सुरक्षाको बीच मतगणना गरिएको थियो । अहिले भने पिपरा गाउँपालिकाको अध्यक्ष तथा बलवा नगरपालिका वडानं. ८ को वडाध्यक्षको नतिजा आउन बाँकी छ । पिपरामा नेकपाका श्रवण चौधरी अगाडी छन् भने उनलाई राजपाका रविता चौधरीले पछयाइरहेका छन् । त्यस्तै बलवामा समाजवादी पार्टी अगाडी रहेको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?