logo
२०८१ मंसिर ९ आईतवार



खुम्बु जोड्ने पुलको शिल्यान्यास

प्रदेश |


खुम्बु जोड्ने पुलको शिल्यान्यास


सन्तोष राउत
सोलुखुम्बु, मङ्सिर १५ गते । सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोशी गाउँपालिकालाई सडक सञ्जालले जोड्नका लागि निर्माण गर्न लागिएको ट्रष्ट ब्रिजको शिलान्यास गरिएको छ ।

जिल्लाको तल्लो सोलु र माथिल्लो खुम्बुलाई जोड्ने गरी गौरबको आयोजनाके रुपमा अघि बढाइएको मितेरी पुलको प्रतिनिधिसभा सदस्य हेमकुमार राईले हिन्दु र बौद्ध परम्परा अनुसार पुजा गरी शिलान्यास गर्नुभएको हो । शिलन्यासका क्रममा सांसद राईले सगरमाथाको फेदीमा मोटर पु¥याउने लक्ष्यलाई साकार पार्न पुलले महत्वपुर्ण भूमिका निर्वाह गर्ने भन्दै सडक सञ्चालनपछि सगरमाथा पुग्न सहज हुने र पर्यटकको संख्या बृद्धि हुने विश्वास व्यक्र गर्नुभयो ।

ओर्लाङघाटस्थित दूधकोशी नदीमा बन्ने पुल निर्माणको जिम्मा जलप नेपालले पाएको छ । आगामी चैत्र मसान्तसम्म निर्माण सम्पन्न हुने पुलको लागत आठ करोड ३४ लाख ८० हजार रुपियाँ रहेको माप्यदूधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो । माप्य र खुम्बुको तीन÷तीन करोड, प्रदेश सरकारको दुई करोड र संघीय सरकारको एक करोडको कुल लागत रहेको उहाँले बताउनुभयो ।

पुल बनिसकेपछि माप्य दुधकोशी गाउँपालिकाका काँकु, बासा, जुभिङलगायतका ग्रामीण जीवनशैलीमा समेत परिर्वतन ल्याउने उहाँको विश्वास छ । स्थानीय संभावना अनुसारको कृषि उपज उत्पादनमा कृषकहरु लागि पर्ने र उत्पादिन वस्तु खुम्बु क्षेत्रमा लगेर बिक्रि गर्न सहज हुने उहाँको भनाइ छ ।
खुम्बु पासाङल्हामू गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले पुल बन्नासाथ यातायात सञ्चालनको अवरोध हट्ने भएकाले खुम्बु क्षेत्रको महङ्गी हट्ने बताउनुभयो । अहिले जहाज र हेलिकप्टरबाट खाद्यान्न तथा निर्माण सामाग्री ढुवानी गर्दा महङ्गीले समस्या बनाएको र पुल बनेपछि सडक यातायातबाट सामाग्री ढुवानी हुँदा सहज हुने उहाँको भनाइ छ । पर्यटकलाई मौसम प्रतिकुलताका कारण जहाज नचल्दा अलपत्र पर्नुपर्ने अवस्थामा कम हुने अध्यक्ष शेर्पाले बताउनभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?