logo
२०८२ जेष्ठ ८ बुधवार



मधेसमा चिसाे बड्याे, बारामा एक महिलाको मृत्यु

प्रदेश |


मधेसमा चिसाे बड्याे,  बारामा  एक महिलाको मृत्यु


शिवशंङ्कर मिश्र
बारा, पुस १ गते । चारदिन अघि परेको वर्षापछि आएको हावासँगै चिसोका कारण एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महागढीमाई नगरपालिका वडा नम्बर १० की करिब ५० वर्षीया पशुपतिया देवी अहिरिन रहेको उहाँका छोरा रामबालक यादवले बताउनुभयो ।

सोमबार राति हामीसँगै खाना खाएर सुतेकी आमा अहिरिन गएराति ११ बजे अचानक काम्न थालेपछि औषधी उपचार गराउन वीरगंज ल्याउँदा बीच बाटोमा नै उहाँको निधन भएको हो ।

आमालाई वीरगंजस्थित तराई अस्पतालमा लैजाँदा चिकित्सकले चिसोको कारण मृत्यु भएको जानकारी दिएको छ ।

अचानक बढेको चिसोका कारण जिल्लाका प्रायः स–साना वालवालिका तथा वृद्धवृद्धाहरु बढी प्रभावित भएका छन् ।

उनीहरुलाई चिसोबाट जोगाउन न्यानो कपडा र तातो खाना खवाउनुको साथै बढी हेरचाह गर्न चिकित्सकहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?