प्रतिक शर्मा
सल्यान, पुस ३ गते । छत्रेश्वरी गाउँपालिकाले आकस्मिक समयमा सेवा लिनका लागि जानकारी मूलक स्टिकर घर–घरमा टाँस गर्ने भएको छ । आकस्मिक रुपमा प्रहरी प्रशासन, स्वास्थ्य लगायतका सेवा लिनुपरेमा नागरिकहरुलाई सहज बनाउन सूचनामूलक स्टिकर गाउँपालिकाका सबै घरधुरीमा टाँस्नको लागि स्टिकर तयार गरिएको अध्यक्ष सन्तोष केसीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिका भित्रका ४ हजार ६ सय ३० घर धुरीमा स्टिकर टाँसिने छ ।
गाउँपालिकाले तयार गरेको स्टिकरमा “आत्महत्या गर्नु पाप हो, बालविवाह दण्डनीय अपराध हो, बाल मजदुरी हटाऔं, सभ्य शान्त समाजमा सहभागी बनौं” जस्ता चेतनामूलक सन्देश उल्लेख गरिएको छ ।
आकिस्मक अवस्थामा सहयोगलागि पहरीको सम्पर्क नम्बर, एम्बुलेन्सको नम्बर, गाउँपालिकाको नम्बर लगायतका कुराहरु समावेश गरिएको प्रमुख प्रसासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि गाउँपालिकाबाट सबै प्रहरी चौकी र एम्बुलेन्स चालकहरुलाई स्थायी रुपमा प्रयोग हुने गरी मोबाइल तथा सिम उपलब्ध गराई सकिएको छ ।
छत्रेश्वरी गाउँपालिले वाल विवाह न्यूनिकरण लागि बालविवाह न्यूनीकरण सम्बन्धी अभियान सञ्चालन गरेको छ । सामाजिक कुसंस्कारको रूपमा रहेको बालविवाहले विकरालरूप लिएपछि सल्यानमा अभियान नै सञ्चालन गरिएको हो । गाउँपालिकाले तयार गरेको स्टिकरमा वालविवाह रोक्न पनि सचेतनामूलक सन्देश राखिएको छ ।
बाल विवाहलले समाजमा धेरै जोखिमता निम्त्याएको छ । बालविवाहले उनीहरूलाई शिक्षाबाट बञ्चित गराउनुका साथै अनिर्णयको बन्दीसमेत बनाएको छ’ उनले भने । बालविवाहले मातृ स्वास्थ्य तथा उनीहरूको स्वास्थ्यमा असर गरेकै कारण गाउँपालिका भित्रका प्रत्येक घर घरमा पुगी बालविवाहसम्बन्धी स्टिकर टाँस सहितको अभियान सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष सीता केसीले जानकारी दिनु भयो । उहाँका अनुसार बालविवाह गर्ने घर जनप्रतिनिधि र शिक्षकले बहिस्कार गर्ने भएका छन् ।
गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बालविवाह भइरहेको खबर पाए नगर्न आग्रह गर्ने, नमाने बालविवाह हुने घर बहिस्कार गर्ने र प्रशासनलाई खबर गर्ने जनप्रतिनिधि र शिक्षकले प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच स्टिकरको सार्वजनिकिरण जिल्ला समन्वय प्रमुख केशवहादुर विष्टले गर्नु भएको हो । कार्यक्रममा बोल्दै विष्ठले अप्ठेरो अवस्थामा सूचना र जानकारी अभावमा धेरैले दुख पाएको भन्दै जानकारी मूलक स्टिकर सहयोगी बन्ने बताउनुभयो ।
वालविवाह न्यूनिकरण अभियानमा छत्रेश्वरी गाउँपालिकासँगै नेपाल प्रहरीले पनि अभियानमा सहयोग पुर्याउने भएको छ । छत्रेश्वरी गाउँपालिकाले अघि सारेको अभियानलाई सफल वनाउन प्रहरीलाई परिचालन गरिने सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।