logo
२०८१ मंसिर १२ बुधवार



सडकमा परेका घर सार्ने कार्य प्रशंसनीय

प्रदेश |


सडकमा परेका घर सार्ने कार्य प्रशंसनीय
महागढीमाई नगरपालिका इनर्वा चोकमा सडकबाट पर सारिएको तथा उठाइएको दुई तल्ले पक्की भवन 


शिवशंङ्कर मिश्र 
बारा, पुस १० गते । सुन्दा कानले विश्वास नगर्ने, हेर्दा आँखाले मनले मान्नै पर्ने, कार्य युवाले सडक सीमामा परेका वा सडक सतह तल रहेका पक्की घरलाई १५ फिटसम्म पर सार्ने र माथि उठाएर घरधनीको मन जित्नुको साथै लाखौं रुपियाँ कमाउने गरेका उदाहण बनेका छन् ।

पक्की घर पर सार्दा तथा माथि उठाउने कार्य यस भेगमा सराहनीय कार्य भएको स्थानीयले बताउने गरेका छन् । घर सार्दा त्यसमा नोक्सानी भएका स्थानहरुलाई मर्मत गरेर पहिलाको जस्तै मोडेलमा निर्माण गरिदिने कार्य धेरै नै सराहनीय भएको बरियारपुरका प्रेम जैसवाल बताउनुहुन्छ ।

बाराको महागढीमाई नगरपालिका बरियारपुरस्थित इनर्वा चोकमा रहेका दुई तल्ले भवन भत्काउनुको कुनै विकल्प नरहेपछि घरधनी रामचन्द्र साह तेली चिन्तामा डुबेका थिए । अहिले उनी पैसा खर्च गरेर भवन बचाउन सफल भएपछि बुढेसकालमा हर्षित देखिएका छन् ।

भारतको भागलपुर जिल्लाका कामदारहरुले तेलीको हुलाकी सडक सीमामा परेका दुई तल्ले पक्की घर ११ फिट सडक सीमाबाट भित्र सार्नुको साथै सडक सतहबाट ५ फिट माथि उठाएको दृश्य देख्न दैनिक स्थानीयको भीड लाग्ने गरेका छन् ।

 



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?