logo
२०८१ मंसिर १२ बुधवार



पनौती नगरपालिकाले दियो किसानलाई पाडी

प्रदेश |


पनौती नगरपालिकाले दियो किसानलाई पाडी


मधुसुधन तिमल्सिना
काभे्र, पुस १० गते । भैंसी संरक्षण र सम्वद्र्धन अभियानमा लागेको पनौती नगरपालिका पाडी वितरण सुरु गरेको छ । नगरले पनौती नगरपालिका वडा न १ बाट किसानलाई पाडी वितरण सुरु गरेको हो ।
बिहीबार एक कार्यक्रमका बीच प्रदेश न ३ का सांसद बसुन्धरा हुमागाईले २३ पशुपालक कृषकलाई मुर्रा जातका पाडी वितरण गर्नुभयो । पशुपालक कृषकले गोला मार्फत नम्बर छानेका थिए ।
रौतहट, बारा लगायत तराई जिल्लाबाट ल्याएर नगरले पाडी वितरण गरेको हो । पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले तीन सय पशुपालक कृषकलाई पाडी वितरण गर्ने बताउनुभयो । पनौतीलाई भैंसी स्रोत केन्द्रका रुपमा विकास गर्ने हाम्रो लक्ष्य रहेको छ । नगर प्रमुख न्यौपानेले भन्नुभयो, पहिलो चरणमा दलित, जनजाती, लोपन्मुख समुदाय र एकल महिलालाई प्राथमिकता दिएका छौँ ।
पनौती नगरपालिकाले नीति तथा कार्यक्रम मै उन्तत जातका पाडी तीन सय पशुपालक किसानलाई बाँड्ने घोषणा गरेको थियो । भैंसीलाई सुत्केरी भत्ता दिदैँ आएको नगरले यस बर्षबाट थप पाडी वितरण गर्न थालेको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।
पनौती नगरपालिका कृषि तथा पशुपन्क्षी शाखाका संयोजक एवम् वडा न १ का वडा अध्यक्ष गुणनिधी सापकोटाले नगरपालिकाबाट ९० लाख र किसानबाट १५ लाख रुपियाँ सहित एक करोड पाँच लाखमा तीन सय पाडी वितरण गर्न लागेको बताउनुभयो । उहाँले नगरपालिकाले खुराक, औषधि र बीमा निःशुल्क गर्ने बताउनुभयो ।
पनौती नगरपालिका कृषि तथा पशुपन्क्षी शाखाका प्रमुख एवम् पशुचिकित्सक मणिप्रसाद सापकोटाले वडा न १२ मा सबै भन्दा बढी ५० वटा पाडी वितरण गर्ने बताउनुभयो । त्यस्तै वडा न ४२, २ मा ३५, ३ मा ३० र वडा न ४, ५, ६, ८, ९, १० र ११ मा २०÷२० वटा र वडा न ७ मा ३ वटा पाडी वितरण गर्न लागेको बताउनुभयो ।
पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक हजार २८ जनाले पाडी माग गरेकोमा ३०० जनालाई पहिलो चरणमा दिएको बताउनुभयो । पनौती नगरपालिकाबाट भैंसी सुत्केरी भत्ता बापत ५६७ वटाले रकम पाएका छन । पहिलो पटक व्याहेका १३० वटाले पाँच हजार र ४३७ वटा भैंसीले दुई हजारका दरले रकम पाएका थिए । १५ लाख २० हजार भैंसी पालक कृषकले सुत्केरी भत्ता पाएको पशुचिकित्सक मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?