logo
२०८१ मंसिर १२ बुधवार



कर्णाली प्रतिष्ठानको ७ औ सभा: एमबीबीएस र एमडीजीपीको बाटो खुल्यो

प्रदेश |


कर्णाली प्रतिष्ठानको ७ औ सभा: एमबीबीएस र एमडीजीपीको बाटो खुल्यो


नेत्र शाही जुम्ला

खलङ्गा पुष १४ गते । बहुचर्चित बिषय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सातौ सभा (सिनेट बैठक) ले जुम्लामा एम विविएस र एमडिजिपीको कक्षा सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य जनसंख्या मन्त्री तथा प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकालको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले कर्णाली प्रतिष्ठानमा एमविविएस र एमडिजिपी सञ्चालन गर्ने निर्णय गरको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी गर्नुभयो ।

उहाँका अनुसार प्रतिष्ठानले उठाएको प्रस्ताव ५ अनुसारको निर्णय अनुसार गरेको कर्णाली प्रतिष्ठानका शैक्षिक कार्यक्रम एमबीबीएस, एमडीजीपी जनरल, एमएस अर्थोपेडिक्स, एमडी ईन एनेस्थीयोलोजी, एमडी एण्ड पेड्यिाडिक्स, एमडी गाईनोकोलोजी, एमएसी ईपिडिमियोलोजी, व्याचलर न्यूट्रेसन र फारमेसीका कार्यक्रम संचालन गर्ने निर्णय गरिएको हो ।

यसैगरी उच्च स्तरका शैक्षिक कार्यक्रमहरु सहित १२ वटा प्रस्तावहरु प्रधानमन्त्रीको उपस्थितिमा पारित गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लले जानकारी दिनुभयो ।

प्रतिष्ठानको यो सिनेट वैठकले अब कर्णालीको विकासमा अर्को आयम थपिएको प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले प्रतिक्रिया दिनुभयो । यद्यपी शैक्षिक उच्च तहका कार्यक्रमहरुलाइ चिकित्सा शिक्षा आयोगले स्विकृत दिनुपर्छ ।

यस अघि एचए, स्टाफ नर्स, व्याचलर मिडवाफ्री, विपिएच लगायतका कार्यक्रमहरु संचालन भईरहेका छन् । यसैगरी प्रतिष्ठानको सिनेट बैठकले छनौट समितिको अध्यक्ष प्राध्यापक डा. गणेश गुरुङ र सदस्यमा डा. तरुण पौडेललाई नियुत्त गर्ने निर्णय गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?