logo
२०८१ मंसिर १२ बुधवार



साझा मुलुक बनाउन क्रान्ति जरुरी : अध्यक्ष यादव

प्रदेश |


साझा मुलुक बनाउन क्रान्ति जरुरी  : अध्यक्ष यादव


नागेन्द्रकुमार कर्ण
जलेश्वर, पुस १५ गते । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सबैको साझा मुलुक निर्माणको लागि एउटा क्रान्तिको अझै आवश्यकता रहेको बताउनुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार साँझ समाजवादी युवा संघको प्रथम जिल्ला अधिवेशनलाई उदघाटन गर्नुहुदै उहाँले मुलुकमा एउटै वर्गको शासन अन्त्य गरी सबैको साझा मुलुक बनाउन क्रान्ति आवश्यक रहेकोमा जोड दिनुभयो ।
अध्यक्ष यादवले विगतमा भएको क्रान्तिले मुलुकमा गणतन्त्र स्थापना भए पनि सबैले यसको महसुस गर्न नसकेको उल्लेख गर्नुहुँदै सबैलाई एकसुत्रमा राख्न क्रान्ति जरुरी रहेको बताउनुभयो । उत्पीडन, शोषण र दमनको विरुद्धमा संघर्ष जारी नै रहेको उल्लेख गर्नुहुँदै क्रान्तिका लागि तयार भएर बस्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।
आफुहरु सहमतिको आधारमा सरकारमा गएपनि नेकपा सहमतिबाट पछि हटेकोले आफुहरू सरकार छाडेको उहाँले बताउनुभयो । संविधानमा रहेको त्रुटीहरुलाई सच्याउदै सबैको संविधान निर्माणको लागि आफूहरू नेकपालाई दुई तिहाई पु¥याउन २ बुँदे सहमति गरि सरकारमा सहभागी भएको र त्यो पुरा नभएकोले सरकार छाडनु परेको उहाँको भनाई थियो ।
कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री तथा समाजवादी पार्टीका उपाध्यक्ष लालबाबु राउतले संगठनमा नै शक्ति रहेकोले युवालाई एकजुट भएर लाग्न आग्रह गर्नुभयो । मधेश आन्दोलनको बलमा स्थापित भएको संघीयतालाई संस्थागत गर्ने जिम्मा उत्पीडित वर्गको भएको चर्चा गर्नुहुँदै यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
युवा संघ महोत्तरीका अध्यक्ष मुकेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष रेणु यादव, केन्द्रिय कोषाध्यक्ष एवं प्रदेश नंं. २ का अध्यक्ष विजय कुमार यादव, केन्द्रिय सदस्य हरिनारायण यादव, केन्द्रिय सदस्य एवं युवा संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय, पार्टीका जिल्ला अध्यक्ष नागेन्द्र यादव सहितका वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?