logo
२०८१ मंसिर १२ बुधवार



चासो नदिँदा ऐतिहासिक देवलहरु जीर्ण

प्रदेश |


चासो नदिँदा ऐतिहासिक देवलहरु जीर्ण
जाजरकोटको पजारुमा रहेका एतिहासिक देवलहरु, तस्बिर – सहदेव बस्नेत


सहदेव बस्नेत
खलङ्गा, पुस २२ गते । जिल्लाको छेडागाड नगरपालिका ८ घोगी पजारुमा रहेका प्राचीन चैत्यगुम्बाहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । पर्यटन प्रवद्र्धनमा निकै आकर्षक र ऐतिहासिक मानिएका ती देवलहरु संरक्षणमा चासो नदिँदा ओझेलमा परेका छन् ।
१३ आंै शताव्दीमा जाजरकोटमा भोटे जातिले शासन गरेको र उनीहरुले नै यी देवलहरु बनाएको जाजरकोटको इतिहासबारे जानकार केदारबहादुर शाहले बताउनुभयो । ढुंगा कुँदेर बनाइएका ती कलात्मक चैत्य गुम्बा अर्थात् देवलहरु संरक्षणको अभावमा मासिने खतरा बढेको छ । यी देवलको खोज अनुसन्धान गरी प्रचार गर्न सके पर्यटकीय आर्कषणको केन्द्र बन्न सक्ने स्थानीयको भनाइ छ । तीन रोपनी जग्गामा फैलिएको देवल क्षेत्र स्थानीय सरोकारवाला, सरकार र पर्यटन क्षेत्रसँग सम्वद्ध निकायहरुको बेवास्ताका कारण ओझेलमा परेको छ । स्थानीयले देवल क्षेत्र अतिक्रमण गदै गइरहेका छन् ।
देवल क्षेत्र ओझेल परेपछि यसको मौलिकता र महत्वपनि हराउने खतरामा पुगेको स्थानीयबासीको चिन्ता छ । सदरमुकाम खलंगा र अन्य सहरी क्षेत्रवाट देवल क्षेत्रमा पुग्नका लागि सहज पहुँच मार्ग नहुन र देवल क्षेत्रको पुनःनिर्माणका लागि सरोकारवालाहरुले कुनै पहल नगरेका कारण देवल क्षेत्र ओझेलमा परेको स्थानीय वीरबहादुर बस्नेतले बताउनुभयो ।
करिव ७ सय वर्ष अघि निर्माण भएका ती चैत्य गुम्बाको उचित संरक्षण र प्रचारको अभाव हुँदा बाहिरी जिल्लाकामात्र होइन जाजरकोटबासीहरु नै देवलको महत्व र ऐतिहासिकताबारे बेखवर भएका छन् । सडक पहुच र अन्य आवस्यक पूर्वाधारहरुको निर्माण नहँुदा महत्वहिन जस्तै बनेको उक्त देवल क्षेत्रको संरक्षण र प्रचार प्रचारमा सरोकारवालाहरुले उचित ध्यान र चासो दिए जाजरकोट जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय गोरखबहादुर बुढाले वताउनुभयो ।
जाजरकोट जिल्लाका अन्य पर्यटकीय क्षेत्रहरु भन्दा बढी सुन्दरता, कला, सामाजिक महत्व र ऐतिहासिकता झल्काउने यी देवलहरु रहेको क्षेत्रमा पर्यटकहरु पुग्न आवश्यक पूर्वाधारहरु तयार नभएको उहाँले बताउनुभयो । तीन रोपनी जग्गाभित्र रहेका १३ वटा देवलहरुको कलात्मक आकार, प्राचीनता र आकर्षक बनावटले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित पार्ने गरेको छ । तर उचित व्यवस्थापन र संरक्षण नभएकोप्रति स्थानीय सरकार र सम्बद्ध निकायप्रति जनताले असन्तुष्टि पोख्ने गरेका छन् ।
छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराले पजारुको घोगीस्थित देवल क्षेत्रको संरक्षण र प्रवद्र्धनतर्फ आफूहरुले विस्तृत योजनाको तयारीमा लागेको बताउनुभयो । उहाँले जाजरकोट जिल्लाकै महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा रहेको पजारुको घोगीस्थित देवल क्षेत्र पुग्न सडक यातायातको पहुँच पु¥याउने पहल भैरहेको जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?