लम्की, पुस २३ गते । संघीय सरकारका उधोग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको औधोगिक विकासकालागि कैलालीको डँुडेझारी औधोगिक क्षेत्र र कञ्चनपुर औधोगिक क्षेत्रको काम धेरै अगाडी बढिसकेको बताउँनु भएको छ । मंगलबार कैलालीको बर्दगोरिया गाउँपालिकामा संचालित बर्दगोरिया लोकमार्ग पहिचान महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टले सरकारले दोदोधरा चाँदनी करिडोर सुख्खा बन्दरगाहको रुपमा विकास गर्न, धनगढी गेटा औधोगिक करिडोरको रुपमा विकास गर्न , हरैया क्षेत्रलाई आर्थिक क्षेत्र संग जोडेर , उधोग विकासका लागि छनौट गरि सम्भाब्यता अध्ययन संगै बजेट विनियोजन गरि काम अगाडी बढेको बताउँनु भयो ।
मन्त्री भट्टले गाउँपालिका ,नगरपालिकाले पनि नगर क्षेत्र भित्र ग्राम उधोगको विकास गर्नुपर्ने बताउँनु भयो । कृषीलाई आत्मनिर्भर बनाउनुका साथै औधोगिक विकासमा सरकारले प्राथमिकतामा राखेर काम गर्दै देशलाई समृद्द बनाउन तर्फ सरकार लागि परेको मन्त्री भट्टले बताउँनु भयो ।
कृषी पर्यटन र उधोगले सुदूरपश्चिम प्रदेश समृद्ध हुने बताउदै मन्त्री भट्टले ठुलो मात्रामा खेती गर्ने किसानले उत्पादन गरेको बस्तुलाई बजार दिने र ब्यवस्थापन गर्नमा सरकारले सहयोग गर्ने बताउनु भयो । मन्त्री भट्टले सेतीलोकमार्ग सफल भएमा यस क्षेत्रको विकासको स्वरुप परिबर्तन हुने बताउँदै सेतीलोकमार्ग निर्माण प्रकृयामा अगाडी बढेको बताउँदै महोत्सवको सफलताको शुभकामना दिनुभयो ।
पुस २२ गते देखि माघ २ गते सञ्चालन हुने महोत्सव उद्घाटन कार्यक्रममा आयोजक बौनिया बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारले बर्दगोरिया गाउँपालिकामा रहेका विभिन्न विकासलाई संबोधन गरिएको ज्ञापन पत्र मन्त्री भट्टलाई हस्तान्तरण गर्नु भएको थियो । महोत्सव उत्घाटन कार्यक्रममा प्रतिनिधी सभा सदस्य झपट रावल, प्रदेश सभा सदस्य दिर्घ सोडारी, रतन थापा, जिल्ला समन्वय समिति संयोजक सुर्य बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । मंगलबार नै मन्त्री भट्टले लम्की चुहा ८ मा रहेको बचैला डम्मरिया खानेपानी आयोजनाको शिलन्यास गर्नु भएको छ भने गौरीगंगा नगरपालिकामा जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गनुभएको छ ।