logo
२०८१ मंसिर ९ आईतवार



हिमपातले लोड सेडिङ्ग एघार घण्टा पुग्यो

प्रदेश |


हिमपातले लोड सेडिङ्ग एघार घण्टा पुग्यो


राजन राउत

सिमकोट पुस २४ गते गते । लगातारको हिमपात पछि हिल्दुम साना जलविद्युत आयोजनामा लोड सेडिङ्ग बढाएको छ । विद्युत आयोजनाको मुहान र नहरमा चिसोको कारण पानी जम्न थालेपछि पानीको अभावले विद्युत उत्पादनमा कमी आउदा लोड सेडिङ्ग बढेको हो ।

बिहान, दिउँसो र बेलुका गरि दैनिक नौ देखि एघार घण्टासम्म लोड सेडिङ्ग भोग्नु परेको सिमकोट बजारकी स्थानीय सुरिकला रावतले बताउनुभयो । हालसम्म आयोजनाले लोड सेडिङ्ग तालिका भने सार्वजनिक नगरेको बताउदै रावतले वितरण केन्द्रमा कर्मचारीले पालो पालो गरिसबैतिर लोड सेडिङ्ग गर्दै आएका छन् ।

उहाँका अनुसार बिहान खाना पकाउने कार्य समेत प्रभावित हुदै आएको छ । हिमपातले गर्दा दाउरा किन्न पाउने अबस्था पनि नभए पछि सिमकोटका बासिन्दाहरु दुखजिलो अबस्थामा बस्न बाध्य भएको रावतले बताउनुभयो । यस अघि दैनिक दुई घण्टासम्म लोड सेडिङ्ग हुदै आएको थियो ।

लगातारको हिमपात पछि चिसो अत्याधिक बढ्दा सिमकोट दर खार्पुनाथ गाउँपालिकामा विद्युत आर्पुती गर्दैै आएको हिल्दुम साना जलविद्युत आयोजनाले लोड सेडिङ्गको अवधि बढाएको आयोजनाले जनाएको छ । चिसोको कारण आयोजनाको मुहान र नहरमा पानी जम्न थालेपछि पानीको श्रोतमा कमी हुँदा विद्युत उत्पादनमा निक्कै कमी आएको आयोजनाले जनाएको छ ।

यो वितरण केन्द्रका बाध्यता देखिएको छ । हिमपात भै रहेकोले तापक्रम पनि माइन दश भन्द तल कुनै दिन हुने गरेको छैन । पाँच सय किलोवाट विद्युत उत्पादन क्षमता भएको उक्त आयोजनाले हिमपात पछि दैनिक एक सय देखि एक सय पचास किलोवाट मात्र विद्युत उत्पादन हुने गरेको जनाएको छ ।

विद्युत उत्पादन कम भएपछि सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार आठ सय घरधुरीलाई विद्युत आर्पुती गर्न कठिन देखिएको हो । हिउँ पर्ने क्रम जारी रहेको कारण चिसो बढ्दै जाँदा अझै लोड सेडिङ्ग समय बृद्धि हुन सक्ने बितरण केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?