logo
२०८१ मंसिर १० सोमवार



छोरी अचेत, बुबा–छोरा मृत फेला !

प्रदेश |
समाज |


छोरी अचेत, बुबा–छोरा मृत फेला !
मृतक परिवारको घर शिवनाथ गाउँपालिकामा २, भैलोडा बैतडी



गोकर्ण दयाल
बैतडी ,पुस २६ गते । घरभित्रै छोरी अचेत र बुबा–छोरा मृत अवस्थामा फेला परेका छन् । श्रीमति महिनावारी भएकोले दुई छोराछोरीसंँगै आगो बालेर सुतेका बुबा छोराको मृत्यु भएको छ भने छोरी अचेत अवस्थामा फेला परेकी हुन् ।

बैतडीको शिवनाथ गाउँपालिका २, भैलोडाका ५२ वर्षीय बालिराम सार्की र उहाँका ५ वर्षिय छोरा नवीनको मृत्यु भएको छ भने ९ वर्षिया छोरी आरती अचेत अवस्थामा फेला परेकी छिन् ।

बिहीबार राति खाना खाएर सुतेका बुबा, छोरा र छोरी शुक्रबार बिहान ढिलोसम्म नउठेपछि महिनावारी भएर घरको अर्को कोठामा सुतेकी श्रीमतीले ढोका खोल्दा बुबा छोरा मृत अवस्थामा र छोरी अचेत अवस्थामा भेटाइएको शिवनाथ गाउँपालिकामा अध्यक्ष कर्ण साउदले जानकारी दिनुभयो ।

घटना बारे जानकारी प्राप्त भएपछि स्थानीय प्रहरी चौकीबाट गएका प्रहरीहरुले अचेत छोरीलाई उपचारका लागि शर्माली स्वास्थ्य चौकी ल्याइएको छ । स्वास्थ्यचौकीमा उपचारपछि शुक्रबार बेलुकीनै छोरी आरती घर फर्किएको शिवनाथ अस्थाई प्रहरी चौकीका प्रहरी हवल्दार चन्द्रसिंह पालीले जानकारी दिनुभयो ।

मृतक बुबा र छोराको शव पोष्ट मार्टमका लागि मेलौली नगरपालिका स्थित केशरपुर प्रथमिक स्वस्थ्य केन्द्र लगिएको गाउँपालिका अध्यक्ष कर्ण साउदले जानकारी दिनुभयो ।
घटनाको विस्तृत अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षक सहितको टोलि शुक्रबार बेलुकी ४ः बजे घटनास्थल पुगेका छन् ।

बिहीबार हिमपातले चिसो बढेपछि मृतक सार्की परिवार आगो बालेर घरको झ्याल ढोका बन्द गरेर सुतेको अवस्थामा निस्सासिएर मृत्यु भएको आशङ्का गरिएको छ।
मृतक बालिराम सार्की डकर्मी काम गरेर परिवार पाल्दै आईरहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?