राममणि दाहाल
हेटौँडा, पुस २७ गते । प्रदेश ३ को प्रदेश सभामा आइतबार भएको मदतानमा स्थायी राजधानी धुलिखेल तोक्ने प्रस्ताव अस्वीकृ भएको छ ।
धुलिखेल राजधानी बनाइयोस भन्ने प्रस्तावमा भएको मतदानमा १०१ जनाले विपक्षमा मतदान गर्नुभएको थियो भने ३ जनाले प्रतावको पक्षमा मतदान गर्नु भएको थियो । प्रदेशसभामा कुल ११० सदस्य रहेकोमा १०४ मतदानमा संलग्न हुनु भएको थियो ।