logo
२०८१ मंसिर ९ आईतवार



सल्यानमा सञ्चालित प्रदेशका योजनाको अनुगमन

प्रदेश |


सल्यानमा सञ्चालित प्रदेशका योजनाको अनुगमन


प्रतिक शर्मा

सल्यान, पुस २७ गते । सल्यानमा सञ्चालनमा रहेका कर्णाली प्रदेश सरकारका कार्यक्रम र योजानको अनुगमन सुरु भएको छ ।

यहाँ सञ्चालन भएका योजनामा स्टेमेटअनुसार काम भएको/नभएको, योजनाको दिगोपना विषयलाई अध्ययन गर्ने गरी प्रदेश सरकार अन्र्तगत रहेको अर्थ तथा प्राकृतिक स्रोत ब्यवस्थापन समितीले यहाँ सञ्चालन भएका योजना तथा कार्यक्रमको अनुगमन सुरु गरेको छ । समितिले प्रदेश सरकारकोे आर्थिक सहयोगमा भौतिक पूर्बाधार मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग, बन तथा पर्यटन मन्त्रालय अन्र्तगत सञ्चालन भएका योजनाहरुको अनुगमन सुरु गरेको प्रदेश सभा सदस्य सिता नेपाली जानकारी दिनुभयो । उहाका अनुसार कर्णाली प्रदेशका दश वटै जिल्लामा अनुगमन गरिने छ ।

शनिबार र आईतबार सल्यानमा सञ्चालित विभिन्न उद्योग, पर्यटन र सडकका योजनाहरुको अनुगमण थालिएको हो । कर्णाली प्रदेश सभा सदस्य सिता नेपाली र अमृता शाहीको नेतृत्वमा प्राबिधिक सहितको पाँच सदस्यीय टोलीले जिल्लाका विभिन्न योजनाहरुको स्थलगत अबलोकन गरेको छ ।

टोलीले जिल्लामा खुकुरी उद्योग, तारजाली उद्योग, गार्मेन्ट उद्योग, फर्निचर उद्योग, ग्रिल उद्योग, सडक लगाएतका प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरुको अनुगमण गरेको हो । यस्तै खलंगा बालुवासंग्रही सडक, खलंगा, श्रीनगर, थारमारे, सल्लीबजार लगाएतका स्थानमा सञ्चालित उद्योगहरुको अनुगमण गरेको हो ।

प्रदेश सरकारको सहयोगमा सञ्चालन भएका योजनाहरु सम्पन्न भएनभएको, बजेटको सदुपयोग, बिगत र अहिलेको अबस्था र गरिएका कामहरुको दिगोपना लगाएका बिषयमा अनुमगन गरिएको छ प्रदेश सभा सदस्य अमृता शाही जानकारी दिनुभयो । उहाका अनुसार दश वटै जिल्लामा सञ्चालन भएका योजनाहरुको स्थलगत अनुगमन गरिने छ । प्रदेश सरकारले विनियोजन गरेको बजेट सही ठाउँमा प्रयोग भए नभएको र हाल अनुदान पाएका उद्योगहरु स्टमेट अनुसार संचालन भए नभएको बारे अनुगमन गरि प्रतिवेदन प्रदेश सभामा पेश गरिने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?