दैलेख,माघ ८ गते । संघिय सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले छाउँ बस्ने गोठ भत्काएर मात्र समस्या समधान नहुने बताउनुभएको छ ।
हामीले गोठ भत्काएर मात्र हुदैन उहाँहरुको ब्यबहार परिबर्तन मार्फत मनका छाउगोठ भत्काउन सकेमा यो अभियानले सार्थकता पाउने बताउनुभयो । छाउँपडि समस्या बाट ग्रसित कर्णाली प्रदेश र सुदुरपश्चिमा छाउँगोठ भत्काए पछि महिलाहरुको गुनासो सुन्न मन्त्रालयका सचिव सहित सदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशको भ्रमणमा निस्कनुभएका मन्त्री गुरुङले मंगलवार दुल्लु नगरपालिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले छाउपडि प्रथा अन्त्यका लागि तीन वटै सरकारका प्रतिनिधी क्रियाशिल राजनैतिक दल र समाजिक सस्थाहरु लाग्नु पर्ने बताउनुभयो ।
दैलेखमा दुई सय ४१ वटा छाउगोठ भत्कीएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आफुलाई जानकारी गराएको बताउदै उहाँले स्थानीय सरकारले उहाँहरुको चेतनाको बिकास गरेर आफै स्वस्पुर्त रुपमा गोठ भत्काउन सक्ने गरि काम गर्न अहिलेको आवश्यकता रहेको बताउनुभयो । सुरक्षा निकाय र जनप्रतिनिधीको रोहवरमा गोठ भत्काएपनि उहाँहरुको मनको डर अहिले सम्म जान सकेको छैन ।
उहाँहरुलाई अहिले मानसिक र समाजिक दुई खाले समस्याले महिलाहरु अप्ठेरोमा परेको महसुष हामीले गरेका छौ । छाउ बा-यो राज्यको कानुनले समात्छ नर्बाने हो भने देउता रिसाउने डरले सताएको हुँदा उहाँहरुलाई जनचेतनाको बिकास गर्न सक्र्यौ भने मात्र यो अभियानले सार्थकता पाउँछ । छाउगोठ कतिपय स्थानमा भत्किसकेका छन्, अभियान जारी छ, यती हुँदा हुँदै पनि स्थानीय नागरिकहरु भित्र रहेको मनको छाउगोठ भत्काउन सरकारले चेतनामुलक कार्यक्रम सुरु गरेको र यो अभियानमा स्थानीय जनप्रतिनिधिहरु अग्रसर हुँदै मनको छाउगोठ भत्काउन जुट्नुपर्ने मन्त्री गुरुङले सुझाव दिनुभएको छ ।
महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको टोलीमा दैलेख पुग्नुभएका स्वास्थ्य तथा जनसख्या राजय मन्त्री नवराज रावतले कर्णाली र सुदुरपश्चिममा छाउगोठमा बसेकै कारण महिलाहरुले अकालमै ज्यान गुमाउनुपर्ने दर्दनाक अवस्थाको पूर्ण रुपमा अन्त्य गर्नका लागि मन्त्री सहितको टोली गाउँका अगुवा, बुद्धिजिवी, विद्यार्थी, महिलाहरु सँग छलफल गर्दै आएको बताउनुभयो । उहाँले संघिय सरकारले छाउपडि प्रथाका बिरुद्ध छाउँगोठ भत्काउने अभियान संचालन गरेको छ त्यसमा मुख्य दायित्व राजनीतिक दलहरु र निर्वाचित जनप्रतिनिधिहरुसँग रहेकोले वडापालिकाहरुमा यो अभियान थाल्नुपर्ने सुझाब दिनुभयो ।
छाउपडीको समस्या कर्णाली र सुदुरपश्चिममा मात्र हैन देशैभर रहेको छ । गोठमै गएर सुत्नुपर्ने र घर बाहिर गएर सुत्नुपर्ने बाध्यता सुदुरपश्चिम र कर्णालीमा धेरै देखियो यो मानवता विरोधी गतिविधिको पूर्ण रुपमा अन्त्य गर्न सरकार लागेको र केही हदसम्म सफल भएको बताउनुभयो ।