गोरखापत्र अनलाइन
काठमाडौं, माघ १५ गते । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन भएको छ । वरिष्ठ पत्रकार गुप्ताको उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
चाचाजी उपनामले समेत चिनिने गुप्ताको योगदान पत्रकारिता क्षेत्रमा मात्रै नभई पञ्चायतविरुद्धको आन्दोलन पनि शसक्त भुमिका निर्वाह गर्नुभएको थियो । नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले हस्ताक्षर गरेको शोक बिज्ञप्तीमा नेपाली पत्रकारिता जगतले एउटा सिद्धान्तनिष्ठ, अनुभवी, निर्भिक र व्यवसायिक पत्रकारलाई गुमाएको उल्लेख गरेको छ । उहाँ २०५६ भाद्रदेखि २०५८ फागुनसम्म महासंघ बाँके शाखाको सभापति रहनुभएको थियो । गुप्ता पछिल्लो समय किरण साप्ताहिकमा सम्पादकको रुपमा कार्यरत रहनुभएको थियो । उहाँको श्रीमती, चार छोरा र तीन छोरी छन् ।