logo
२०८१ मंसिर १३ बिहीवार



प्रसाद खाँदा ७० विद्यार्थी विरामी

प्रदेश |


प्रसाद खाँदा ७० विद्यार्थी विरामी
सरस्वती पूजाको प्रसाद खाँदा विरामीको उपचार हुँदै । तस्बिरः धीरेन्द्रप्रसाद साह/राजविराज



धीरेन्द्रप्रसाद साह
राजविराज, माघ १९ गते । सप्तरीको सुरुङ्गा नगरपालिका– ७ हरिपुरस्थित सरस्वती पूजाको प्रसाद खाँदा विद्यालयका करिब ७० जना बालबालिका विरामी परेका छन् ।
हरिपुरस्थित राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिका सरस्वती पूजाका प्रसाद खाँदा विरामी परेका हुन् । सरस्वती पूजाको प्रसाद खाँदा शनिबार साँझदेखि विद्यार्थी तथा अभिभाव विरामी भएको नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीले जानकारी दिनुभयो । प्रसाद खाँदा फुुड प्वाइजनिङ्ग भएर आइतबार विहानदेखि विरामीको संख्या अत्याधिक वढेको प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरले जनाएको छ । आइतबारसम्म विरामीको संख्या ६७ पुगेको स्वास्थ्यकर्मीले बताएका छन् ।
विरामीको स्वास्थ्य संस्थामा चाप बढेपछि विद्यालयमा राखेर समेत उपचार शुरु गरिएको छ । नगरपालिकाको ११ वटै वडाका स्वास्थ्यकर्मी हरिपुरमा भेला भएर उपचारमा संलग्न भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको टोली पनि हरिपुर पुगेको नगरप्रमुख चौधरीले बताउनुभयो । विरामीको संख्या बढ्दै गए पनि अवस्था नियन्त्रण बाहिर नरहेको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?