logo
२०८१ मंसिर १० सोमवार



दुई गाउँ जोड्न झोलुङ्गे पुलको शिलान्यास

प्रदेश |


दुई गाउँ जोड्न झोलुङ्गे पुलको शिलान्यास


विष्णुप्रसाद पोखरेल

दमक, फागुन ६ गते । झापाको शिवसताक्षी नगरपालिकामा बर्षेनी बाढीका कारण टापु बनेको क्षेत्रलाइ जोड्नका लागि झोलुङ्गे पुल बनाउन शुरु गरिएको छ ।

बर्षादको समयमा आवतजावतमा समस्या झेल्दै आएका टापुका वासिन्दाले एक बर्ष भित्रमा झोलुङ्गे पुलबाट आवतजावत गर्न सक्ने बताइएको छ । वडा नं. ११ मा पर्ने स्थानीय रुपमा भनिदै आएको फोक्लेनको टापु र प्रगति टोल जोड्ने दूधे खोलामा झोलुङ्गे पुलको मंगलबार बिहान प्रदेश सभा सदस्य झलक सिंह दर्लामीले शिलन्यास गर्नु भएको हो । उहाँले बर्षौदेखि टापुमा बस्दै आएका स्थानीयहरुलाइ आवतजावत गर्न जोखिम मोल्नु पर्ने अवस्थाको अन्त्य हुने जनाउनुभयो ।

टापुका वासिन्दाहरुलाइ खानेपानीको समेत समस्या रहेको आफुहरूलाइ थाहा भएकाले यो समस्या पनि समाधान गर्ने सो अवसरमा प्रदेश सभा सदस्य दर्लामीले प्रतिबद्धता जनाउनु भयो । टापुमा रहेका वासिन्दाको कष्ठप्रद जीवनको विषयमा हामी जानकार छौ र चाँडै खानेपानीको सुविधा लागि पनि केहि न केहि गर्नेछौँ, दर्लामीले भन्नुभयो । फोक्लेनको टापुमा ३५ घर परिवारका १५० जना वसोबास गर्दै आएकाछन् । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी घिमिरेका अनुसार टापुमा रहेका स्थानीयहरुको जीवनमा यसले परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । स्थानीय तहको बजेटले यो सम्भव नभएकाले केहि समय लागेको पनि उहाँले बताउनुभयो ।

टापुमा रहेका नगरवासीलाइ स्थानान्तरण पनि सम्भव नभएको र बाटो पनि बनाउन सक्ने अवस्था नरहेकाले एउटा विकाल्पको रुपमा नेपाल सरकार समक्ष झोलुङ्गे पुल निर्माणका लागि माग गरिएकोमा त्यो माग पुरा भएको नेपालको भनाइ थियो । सडक पहुँच नभएका र पुल बनाउन खर्चिलो हुने ठाँउमा झोलुङ्गे पुल बनाएर नगरवासीलाइ हिडडुलमा सहज बनाउने उहाँको प्रतिबद्धता छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?