logo
२०८१ मंसिर १४ शुक्रवार



भैंसी पालनमा व्यस्त गाउँपालिकाका उपाध्यक्ष

प्रदेश |


भैंसी पालनमा व्यस्त गाउँपालिकाका उपाध्यक्ष
सल्यान त्रिवेणी गाउँपालिका उपाध्यक्ष करुणा खड्का भैंसी फर्ममा । तस्बिर - प्रतीक इच्छुक शर्मा


प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन १० गते । सल्यानको करुणा खड्का त्रिवेणी गाउँपालिका उपाध्यक्ष एक सफल भैंसीपालक किसान हुनुहुन्छ । जनप्रतिनिधिको रुपमा गाउँपालिका उपाध्यक्ष हुनुअघिदेखि नै व्यवसायिकरुपमा २०६४ सालदेखि त्रिवेणी गाउँपालिका वडा नं. २ रिखेबजारमा उहाँले तीनवटा भैंसी पाल्दै आउनुभएको थियो ।

आफ्नै नाममा रहेको बहुउद्देश्यीय फर्ममा अहिले सानाठूला गरी १३ वटा भैंसी छन् । उहाँका अनुसार अहिले पाँचवटा भैंसीले दैनिक २० लिटर दुध दिंदै आएका छन् भने केही व्याउने तयारीमा छन् ।
दुध फर्मबाटै व्यापारीले ७० रुपियाँ प्रति लिटरमा किनेर लैजाने गरेका छन् । दुध विक्री गरेर मासिक ५० हजार आम्दानी हुने गरेको छ ।

उत्पादित दुध त्रिवेणीकै काभ्रा र रिखेबगर बजारमै खपत हुने गरेको छ । भैंसीपालनले स्थानीय दुईजनाले रोजगारीसमेत पाएका छन् ।
उपाध्यक्ष खड्काले विहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म जनताको काम र विहान बेलुका गोठमा समय दिने गर्नुहुन्छ ।

उहाँलाई श्रीमान् खडगबहादुरले सघाउँदै आउनुभएको छ । गाउँकै प्राथमिक विद्यालयमा शिक्षक समेत रहनुभएका खड्गबहादुरले भैंसीपालन रोजगारीको राम्रो माध्यम भएकाले विदेशमा गर्ने मेहेनत गाँउमै गर्न सके छोटो समयमै राम्रो कमाई गर्न सकिने सुझाव दिनुभयो ।

भैंसीपालनबाट एकातिर दुधबाट आम्दानी भएको छ भने अर्कोतिर गोठेमल खेतबारीमा प्रयोग गरी अर्गानिक तरकारी खेती पनि राम्रो भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?