logo
२०८१ मंसिर १० सोमवार



बैतडीमा नेपाल–भारत सीमा बैठक कोरोना भित्रिन नदिन सजगता अपनाईने

प्रदेश |


बैतडीमा नेपाल–भारत सीमा बैठक कोरोना भित्रिन नदिन सजगता अपनाईने


गोकर्ण दयाल
बैतडी, फागुन २१ गते । बैतडीमा नेपाल–भारत सीमा बैठक बसेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको सीमा बैठकमा भारतको पिथौरागढ जिल्ला प्रमुख र बैतडी –दार्चुलाका प्रमुख जिल्ला अधिकारी सहभागी हुनुहुन्छ ।

सीमा बैठकमा सहभागी हुन भारतीय अधिकारीसहितको टोलीसहित बैतडी आईपुग्नु भएका पिथौरागढ जिल्ला प्रमुख डाक्टर बिजयकुमार जोगदण्डेलाई बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले स्वागत गर्नुभएको छ । प्रमुख जोगदण्डेले त्रिपुरा सुन्दरी मन्दिर दर्शन समेत गर्नुभएको छ । सीमा बैठकमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल पनि बैडी आईपुग्नु भएको छ ।

सीमा बैठकमा कोरोना भाईरस नियन्त्रणमा नेपाल–भारतले सीमानाकामा उच्च सतर्कता अपनाउनेदेखि झुलाघाट मोटरेबल पुल र दुईदेशवीचको सुमधुर सम्बन्ध कायम राख्दै माहाकाली नदीले निम्त्याउने बाढीको जोखिम र सीमा नाकामा हुने अवैधानिक काम नियन्त्रणका विषयमा बैठकमा छलफल हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।

बैठकमा दुबै देशका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, वन कार्यालय र स्वास्थ्य संस्थाका प्रमुख सहभागी हुनुहुन्छ । बैठकमा सहभागी स्वास्थ्य प्रमुखहरुले कोरोना भाईरस नियन्त्रणका लागि दुबै देशको सीमा नाकाम कोरोना चेकजाँच सहायता कक्ष स्थापना गरिएको जानकारी दिएका छन् । कोरोना भित्रिन नदिन नेपाल–भारत दुबै देशले स्वास्थ्यकर्मीको टोलीसहित सीमा नाकामा निगरानी बढाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?