रामहरि गजुरेल
नुवाकोट, फागुन २२ गते । कानुनी प्रकृयाबाहेक ओसारपसार तथा विक्री गर्न अवैधसालको काठसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पन्चकन्या गाउँपालिका वडा नम्बर २ का १९ को दीपेन्द्र राई र विकाश परियार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनीहरुलाई बा.४ ख.६४४२ नम्बरको आईचर गाडीमा ३४ थान (७५.४७ क्यु.फी) अवैध सालको काठ लोड गरिरहेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । पक्राउ परेकाहरु आइचरका चालक र सहचालक रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याएर आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय बिदुरमा पठाइएको छ ।