logo
२०८१ मंसिर १० सोमवार



सडक सञ्जालले जोडिए सबै गाउँ

प्रदेश |


सडक सञ्जालले जोडिए सबै गाउँ


शेरबहादुर कार्की

फागुन २५ गते ।  बाजुराको छेडेदह गाउँपालिका –५ पारतोला डोगडी निवासी हरित रावतको घर छेउबाटै सडक निमार्ण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको छ । बुढीगङ्गा नगरपालिका –२ को बल्दे हुँदै गोगडी थामलेख अन्तरगतको सो सडक सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा स्तरोन्नतिका लागि धमाधम काम सुरु गरिदैँ छ ।

सडककै कारण व्यापार व्यवसाय गर्न म जस्तै अन्य गाउँका सबैलाई पनि सहज भएको छ, रावतले भन्नुभयो, “पहिले दैनिक उपभोग्य सामान किन्न पसिना चुहाउँदै बुढीगङ्गा नगरपालिकाको बाम्का र बेतालमाण्डौ बजारमा धाउनुपर्दथ्यो ,अहिले सो बस्तु गाउँमै पाइन्छ,” ।

रावतले भन्नुभयो,“पछिल्लो समय स्थानीय निकायकाले सबै वडा सडकले जोडेपछि स्थानीयबासीको जनजीवनलाई सहज मात्र छैन् दैनिकी समेत फेरिएको छ,” ।

स्थानीय निकायको पछिल्लो समयमा भइरहेको तीर्व विकासले बाजुराका चार नगर र चाँच वटा गाउँपालिकाले पनि सबै वडामा सडक सञ्जाल पु¥याउन जोड दिएका छन् ।
पछिल्लो समयमा याहाँका सबै स्थानीयबासीको सडक नै पहिलो प्राथमिकता भएको छ ।

बर्खाको समयमा गाउँपालिकाका एक दुइ वडामा गाडी पु¥याउन कठिन भएपनि हिउँदको समयमा भने गाउँपालिका सबै वडामा गाडी पुग्ने गरेको छेडेदह गाउँपालिकाका सुचना अधिकारी मीरा जोशीले बताउनुभयो ।  उहाँले भन्नुभयो, गाउँपालिकाकै सहयोगमा जिल्लाकै दुर्गम बस्ती काँडा जयबाग्श्वरी लगायतका बस्तीमा पनि सडक पहुँच भएपछि स्थानीयलाई सामान नुन तेल चालम लगायतका दैनिक उपभोग्यका सामान ढुवानी गर्न धेरै सहज भएको छ । 

त्यसैगरि बाजुराका हिमाली, जगनाथ, स्वामिकार्तिक, गौमुल, गाउँपालिका र बुढीनन्दा, बडिमालिका , बुढीगङ्गा र त्रिवेणी नगरपालिका लगायतका स्थानीय निकायका स्थानीयवासीलाई पनि गाउँमा जोडिएको सडक सन्जालने दैनिक उपभोग्यका समान ढवानी गर्न सहज बनेको छ ।

स्थानीयको सहजताका लागि स्थानीय सरकारले पनि वडका सबै बस्ती बस्तीमा सडक सञ्जाल जोड्ने लक्ष्य राख्दै आएका छन् । बाजुरा पहिरोको जोखिम जिल्लाका रुपमा चिनिदै आएको भएपनि स्थानी निकाय भने आफ्ना सबै वडाका गाउँटोलमा डोजरको प्रयोग गर्दै सडक सञ्जाल जोड्ने प्रयास गर्दै आएका हुन् ।  त्रिवेणी नगरपालिका –५ का सामाजिक अगुवा दिनेश सार्कीले भन्नुहुन्छ,“ स्थानीय सरकारले वडाका प्रत्येक बस्ती बस्तीमा सडक सञ्जाल जोडे सँगै स्थानीयलाई गाउँमै व्यापार व्यवसाय गर्न सहज भएको छ,” ।  उहाँले भन्नुभयो, बर्खाका दुइ / तीन महिना बुढीगङ्गा नदिमा पानीको बहाव बढ्ने भएकोले यातायातका सवारी रोकिएपनि हिउँदमा भने किम्नी बाहेक अन्य सबै ठाउँमा यातायातको राम्रो सुविधा भएपछि गाउँमै व्यापार गर्न धेरै सहज भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?