प्रेमराज सिम्खडा
कालिकोट, चैत्र १ गते । विवाह, वर्तबन्ध, जन्म न्वारन जस्ता उत्सवमा हुड्केउली भाकामा दोहोरी गाएर सवालको जवाफ फर्काउन माहिर कर्णाली क्षेत्रकै चर्चित हुड्के भोटे दमाईको शुक्रबार अन्तिम दास संस्कार गरिएको छ ।
मान्मस्थित तिला र कर्णाली नदीको संगम दोबिनाघाटमा दमाईका छोराहरु माइसिगे, तुले र चम्फे दमाईले दागबत्ती दिएर अन्तिम संस्कार गर्नुभयाे ।
ताडी, मान्म सहित छरछिमेकका गाउ हुँदै जिल्ला, अञ्चल र देशमै हुड्के कलाकारको पहिचान बनाएका भोटे दमाई शरिर सुन्निे रोगकै कारणले निधन भएको हो ।
उहाँको बुधबार दिउँसो जिल्ला अस्पताल मान्ममा मृत्यु भए पनि माहिलो छोरा सुर्खेत भएकाले आउन ढिलो हुँदा शुक्रबार मात्र दाहसंस्कार गरिएको हो ।
सात वर्षको उमेरदेखि हुड्के नाचेर सबैलाई मनोरञ्जन दिने ६७ वर्षीय दमाईको निधनले मान्मबासी शोकाकूल भएका छन् ।
उहाँ कर्णालीकै चर्चित हुड्के कलाकार हुनुहुथ्यो । उहाँले वीरेन्द्र तक्मा समेत पाउनुभएको थियो ।