logo
२०८१ मंसिर १० सोमवार



आमा छोरी सँगै ८ कक्षाको परिक्षा दिँदै

प्रदेश |
समाज |


आमा छोरी सँगै ८ कक्षाको परिक्षा दिँदै


प्रकाशचन्द्र भट्टराई
दमौली, चैत १ गते । ‘पढ्ने रहलाई उमेरले छेक्दैन’, भनाईलाई तनहँुको देवघाट गाउँपालिका–५ की ३३ वर्षीया दुर्गा पौडेलले पुष्टि गर्नु भएको छ । उहाँ अहिले कक्षा ८ को परिक्षामा सहभागी हुुनुहन्छ । अझ रोचक त के छ भने उहाँकी १३ बर्षीया छोरी दिपा पौडेल पनि आमा दुर्गासँगै परिक्षामा सहभागी हुनुहन्छ ।
सोही वडाको कालिका माविबाट आमा दुर्गा र छोरी दिपाले कक्षा ८ को परिक्षामा सहभागी हुनु भएको छ । २०५९ सालमा ७ कक्षा उत्तिर्ण भएपनि त्यसपछि पढ्न नपाएकोमा अहिले आएर बल्ल कक्षा ८ को परिक्षामा सहभागी हुन पाएको दुर्गाले बताउनुभयो । पहिला घरायसी र अन्य कारणले पढाईलाई निरन्तरता दिन नसकेपनि अहिले घर परिवारको साथ, सहयोग र प्रेरणाले पढाईलाई निरन्तरता दिएको उहाँको भनाई छ । पढाईको महत्व अहिले आएर बल्ल महशुस भएको भन्दै उहाँले जति दुःख भएपनि उच्च शिक्षा अध्ययन पुरा गरेरै छाड्ने बताउनु भयो ।
निरन्तर अध्ययन गरी उच्च शिक्षासम्म पढ्ने धोको रहेको उहाँले बताउनु भयो । गत वर्षको शैक्षिक सत्रमा कालिका माविमा कक्षा ८ मा भर्ना भई छोरीसँगै पढ्दै आएको उहाँले बताउनु भयो । छोरी दिपाले उमेर छिप्पीसके पनि पढाई पुरा गरेरै छाड्ने आमाको लक्ष्य प्रेरणादायी भएको बताउनु भयो ।
आमासँगै एउटै कक्षामा पढाई र परिक्षा दिन पाउँदा आफु उत्साहित बनेको दिपाले बताउनु भयो । अव आमा र आफ्नोसँगै उच्च शिक्षा पढ्ने लक्ष्य रहेको भन्दै दिपाले यस कार्यमा घरबाट राम्रो सहयोग मिल्ने बताउनु भयो ।
कालिका माविका सहायक प्रअ लालमणी पौडेलले आमा छोरी सँगै एउटै परिक्षा केन्द्रबाट परिक्षा दिनु भएको बताउनु भयो । दुर्गाको पढाई पुरा गर्ने लक्ष्यले विद्यालयका अन्य विद्यार्थीलाई पनि हौसला मिलेको उहाँ बताउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?