logo
२०८१ मंसिर ११ मंगलवार



कर्णाली चिनाउने डकुमेन्ट्री सार्वजनिक

प्रदेश |
समाज |


कर्णाली चिनाउने डकुमेन्ट्री सार्वजनिक
कर्णाली चिनाउने डकुमेन्ट्रीको तस्बिर



मुना हमाल
सुर्खेत, चैत ३ गते । कर्णाली प्रदेशको संस्कृति, जीवनशैली, रहनसहन, भेषभूषा, धार्मिक, पर्यटकीय क्षेत्रलाई समटेर भिडियो डकुुमेन्ट्री तयार गरिएको छ । कर्णाली प्रदेशका दशै जिल्लालाई समटेर भिडियो डकुमेन्ट्री तयार गरिएको हो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उपप्राध्यापक पञ्चदेव भट्टले यहाँको कला, संस्कृति, जीवनशैली, रहनसहन र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले भिडियो डकुमेन्ट्री तयार गरेको बताउनुभयो ।

उहाँले यहाँको इतिहास, भाषा, संस्कृति, परम्परा र भेषभूषाले महत्वपूूर्ण क्षेत्र भएको भन्दै कर्णाली चिनाउन डकुमेन्ट्री तयार गरिएको बताउनुभयो । भिडियो करिब ३३ मिनेटको छ ।
भिडियो डकुमेन्ट्रीमा सुर्खेतको ऐतिहासिक काँक्रेबिहार, बुुलबुुले ताल, दैलेखको ज्वाला, कालिकोटको पचालझरना, रारा ताल, शे–फोक्सुण्डो, रुकुमको स्यार्फुु ताल, सल्यानको कुुपिण्डे दह, जाजरकोट दरबारलगायतका पर्यटकीय स्थलहरुलाई कैद गरिएको छ ।

त्यसैगरी, विभिन्न लोपोन्मुुख संस्कृति, देउडा, मयुुर नाँच, हुड्के नाँच, लोक भाका, धामी झाक्री परम्परा, यहाँको कृषि पेशा, र राउटे समुुदायको बारेमा समावेश गरिएको छ ।
उहाँले कर्णालीमा प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले भरिपूूर्ण प्रदेश भएको भन्दै आफूले कर्णाली घुम्ने समयमा भिडियो डकुमेन्ट्री तयार गरिएको जानकारी दिनुभयो ।

कर्णालीलाई चिनाउने प्रयास स्वरुप आफूले डकुुमेन्ट्री तयार गरिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कामको सिलसिलामा कर्णालीका विभिन्न जिल्लामा घुम्दै गर्दा त्यहाँको प्राकृतिक सौन्दर्यता, स्थानीय जीवनशैली, तथा रहनसहनलाई भिडियोमा कैद गरेको हुँ । र सबै सामू यहाँको पर्यटन तथा संस्कृतिको बारेमा जानकारी दिन सकिन्छ भनेर डकुमेन्ट्री तयार गरेको हुँ ।’
उहाँले यो भिडियोले यहाँको पर्यटन र सांस्कृति प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले स्थानीय तहहरुसँग समन्वयमा संकलन गरेर डकुमेन्ट्री निर्माण गरिएको जानकारी दिनुभयो । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?