logo
२०८१ मंसिर १५ शनिवार



कोरोनाको कारण चितवनका पत्रपत्रिका दस दिन बन्द

प्रदेश |


कोरोनाको कारण चितवनका पत्रपत्रिका दस दिन बन्द



शालिग्राम नेपाल 
चितवन, चैत ११ गते । कोरोना प्रभावका कारण चितवनका पत्रपत्रिकाहरु दस दिनका लागि बुधबारदेखि बन्द गर्ने भएका छन् ।  जिल्लामा नियमितरुपमा प्रकाशन हुँदै आएका चार दैनिक, चौध साप्ताहिक र एक अर्ध साप्ताहिक पत्रिकाहरुले कोभिड–१९ (कोरोनाभाइरस)को महामारीलाई मध्यनजर गर्दै बुधबारदेखि १० दिन पत्रिकाको प्रिन्ट संस्करण बन्द गर्ने निर्णय गरेका हुन् ।
भरतपुरमा जिल्लाबाट प्रकाशन हुँदै आएका दैनिक तथा साप्ताहिक पत्रिकाका प्रकाशक, सम्पादक तथा व्यवस्थापकहरुको भेलाले पत्रिका बन्द गर्र्दै अनलाइन संस्करण मात्र प्रकाशनगर्ने निर्णय गरेको हो ।

विषम परिस्थितिमा नियमितरुपमा पत्रपत्रिका प्रकाशन गरी ग्राहकको हातमा पु¥याउ ननिकै कठिन हुने अवस्था सिर्जना भएकाले केही समय बन्द गर्ने निर्णय गरिएको कायाकैरन दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक राजेश घिमिरेले बताउनु भयो ।

विश्वव्यापी रुपमा बढिरहेको कोभिड–१९ (कोरोनाभाइरस) को महामारीका कारण सबैले अप्ठ्यारो भएको जनाएका छन् । सरकारले देशलाई नै ‘लकडाउन’ गरिसकेकाले पत्रिका नियमित प्रकाशन गर्न अप्ठ्यारो भएको चितवनपोष्ट दैनिकका प्रबन्ध निर्देशक गोबिन्द अर्यालले बताउनु भयो । “कोरोनाभाइरसको संभावित जोखिमलाई मध्यनजर गरेर बजार पूरै बन्द छ ।

न्यूज प्रिन्टको अभाव छ । मुद्रण व्यवसायीले पत्रिका नियमित प्रकाशन गर्न नसक्ने जानकारी गराएका छन् । पत्रिकाका रिपोर्टर तथा सञ्चारकर्मी एवं कर्मचारीलाई नियमितकाममा खटाउन सक्ने अवस्था समेत छैन । पत्रपत्रिकाको माध्यमबाट समेत भाइरसको प्रसार एक व्यक्तिबाट अर्कोमा सजिलै हुन सक्ने जोखिम पनित्यत्तिकै छ”, कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजालले भन्नु भयो, “त्यसैले हामीले केही दिनका लागि अनलाइनमात्रै सञ्चालनगर्ने निर्णय ग¥यौं ।”

शुभेच्छा सन्देश साप्ताहिकका प्रकाशक÷सम्पादक शान्ता अधिकारीले पत्रिका बन्द भए पनि निरन्तर सूचना पाउने आम पाठकको हक कुण्ठित हुन नदिन पत्रकारहरुले विभिन्न माध्यमको प्रयोग गर्ने बताउनु भयो ।

निर्णयमा जिल्लाबाट प्रकाशन हुने दैनिक पत्रिकाहरु चितवनपोष्ट दैनिकका प्रबन्ध निर्देशक गोविन्द अर्याल, कायाकैरन दैनिकका अध्यक्ष राजेश घिमिरे, लोकतन्त्र सन्देश दैनिकका कार्यकारी सम्पादक सन्तोष देवकोटा, सञ्चारपत्र दैनिकका प्रधान सम्पादक राजु चौधरीले हस्ताक्षर गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?