logo
२०८१ मंसिर ११ मंगलवार



स्याङ्जा सुरक्षा कवचको अभाव, रेनकोटको भर

प्रदेश |


स्याङ्जा सुरक्षा कवचको अभाव, रेनकोटको भर


अर्जुन काफ्ले

स्याङ्जा, चैत्र १४ गते । कारोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहदाँ स्याङ्जामा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले आफ्नो सुरक्षा नभएको गुनासो गरेका छन् । कोरोना भाईरसको संक्रमण फैलिदाँ लगाईने सुरक्षा सामाग्री जिल्लामा एक दमै कम भएको गुनासो गरिएको हो ।

यस भाइरसबाट बच्न लगाइने सुरक्षा कवच कम हुदाँ स्वास्थकर्मी तथा सुरक्षाकमीले रेनकोट लगाएर काम गर्नु परेको गुनासो गरेका छन् ।  यहाँ स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहेपनि उनिहरुको लािग अत्यावश्यक सुरक्षा कवच भने ३० वटा मात्र रहेका छन् ।

जिल्ला अस्पतालमा पाचँ, हरिनाश गापामा पाचँ, चापाकोट अस्पतालमा चार, भिरकोटमा तिन, जिल्ला स्वास्थ्यमा सात, फेदिखोलामा, अर्जुन चौपारी , गल्याङ्, आधिखोला र वालिङ्मा एक÷ एक वटा मात्र ब्याक्तीगत सुरक्षा कबच रहेको जिल्ला स्वास्थ्य प्रमुख यम प्रसाद शर्माले बताउनुभयो ।

कारोनाको संक्रमणको बेलामा एक जनाको नमुना लिएमा अर्कोचोटी लगाउन नमिल्ने बताउदै शर्माले सुरक्षा कबचको खोजी गनुपर्ने बताउनुभयो । जिल्लामा रहेका सुरक्षा कबचमा १० थानमा माक्स नभएका छन् ।

जिल्लाको हरिनाश, चापाकोटमा ल्याइएका सुरक्षा कबच पालिकाका प्रमख प्रसासकिय अधिकृत र प्रमुखले आफ्नो पहुचको आधारामा खोजी रहेका हुन् । सुरक्षा कबच नभएको बिरुवा, कालिगण्डकी तथा अन्य सबै पालिकाले रेनकोट र आफै समाग्री खोजेर बनाएर प्रयोग गरेका छन् ।

सुरक्षा कबच मेडिकल काउन्सिलले प्रमाणित गर्नुपर्नेमा नहुदाँ आफै बनाएर लगाउनु परेको वालिङ् नगर प्रमुख दिलीप प्रताप खाणँले बताउनुभयो ।
जिल्लामा कोरोनाबाट बच्नको लागि धेरै काम गरेको बताउदै प्रजिअ रामबहादुर कुरुवाङ्ले सुरक्षा कबच एक दुई दिनमा एक सय भन्दा बढी ल्याउने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?