logo
२०८१ माघ २८ सोमवार



सप्तरी क्वारेन्टाईनमा ८ महिला सहित १२२ जना

प्रदेश |


सप्तरी क्वारेन्टाईनमा ८ महिला सहित १२२ जना



देवरामप्रसाद यादव
सप्तरी, चैत १५ गते । सप्तरीमा कोरोना रोकथाम तथा व्यवस्थापनका लागि यहाँ स्थित विभिन्न अस्पताल र स्थानिय तहमा बनाईएको क्वारेन्टाईन केन्द्रमा राखिएको आशंकित व्यक्तिको संख्या शनिबारसम्ममा ८ महिला सहित १२२ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादवका अनुसार यसरी राखिएका मध्ये अधिकांश कता, मलेशिया र भारतको विभिन्न शहरमा रोजगारी गरी फर्केकाहरु हुन् ।

भारत तथा अन्य मुलुकबाट रोजगारीका लागी गई घर फर्केकाहरुबाट संक्रमण पनि भित्रिन्छ कि भन्ने खतराका कारण त्यस्ता व्यक्तिहरुको खोज तलास गरी क्वाईरेन्टाईनमा राखिएको उहाँको भनाइ छ ।

अघिल्लो दिन ११३ जना रहेकोमा विदेशबाट फिर्ता आउनेको सूची पनि लामै भएकाले क्वाईरेन्टाईनमा आंशकितको संख्या बढेको उहाँको भनाइ छ । क्वाईरेन्टाईनमा राखिएका सवै सप्तरीका बासिन्दा हुन् ।

त्यस मध्ये अधिकांश विदेश गई फर्केका र केही आफनै गाउँठाउँमा अस्वस्थ रहेकाहरु पनि छन्’ उहाँले भन्नुभयोे, ‘सबैको उपचार र परीक्षण गर्ने काम सुरु छ, १४ दिन सम्म त निश्चित रुपमै क्वाईरेन्टाईनमै राखिन्छ त्यसपछि अन्तिम रिपोर्टको आधारमा आवश्यक निर्णय लिईन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?