logo
२०८१ माघ ३० बुधवार



स्वाब संकलन गर्न घुम्ती शिविर एकै पटक ३२४ जनाको संकलन

प्रदेश |


स्वाब संकलन गर्न घुम्ती शिविर एकै पटक ३२४ जनाको संकलन
जुम्ला बिमानस्थलमा केन्द्रीय प्रहरीको मेडिकल टिम स्वाब निकाल्दै ।



नेत्र शाही
खलङ्गा, चैत २५ गते । नेपाल सरकारले जुम्लामा भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरुको घुम्ती शिविरमार्फत एकै पटक स्वाब संकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा कोभिड–१९ विपद व्यवस्थापन टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले जुम्लाका आठै वटा स्थानीय तहका व्यक्तिहरुको स्वाब संकलन गरको हो ।
नेपाली सेनाको जहाजमा नेपाल सरकारको कोभिड– १९ विपद व्यवस्थापन केन्द्रीय ओपिपिएस मेडिकल टोली काठमाडांैबाट जुम्ला आइ स्वाब संकलन गरेको हो । सो कार्यमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य जनशक्तिले पनि सहयोग गरेको छ ।
केन्द्रबाट आएको नेपाल प्रहरीको मेडिकल टोली र प्रतिष्ठानका मेडिकल टोलीले तीन स्थानमा पुगेर ३२४ जनाको स्वाब संकलन गरेको छ । टोलीले हेलिकप्टरबाट पहिले जुम्ला बिमानस्थलमा चन्दननाथ नगरपालिका, तातोपानी, तिला, गुठिचौर र पातारासी गाउँपालिकाका १५० जनाको स्वाब संकलन गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कनकासुन्दरी गाउँपालिकाको लासीपाटनमा ५० जना र हिमा गाउँपालिकाको देवारगाउँ टापुमा १२४ जनाको स्वाब संकलन गरिएको जानकारी दिनुभयो । जुम्लाको चन्दननाथ नगरपालिकाका २८ जना, पातारासी गाउँपालिका २९ जना, गुठिचौर गाउँपालिका २२ जना, तातोपानी गाउँपालिका १३ जना र तिला गाउँपालिकाका १७ जनाको जुम्ला बिमानस्थलमा हवाई मार्गबाट आउने टोलीले स्वाब संकलन गरेको हो ।
यसैगरी सिञ्जा गाउँपालिकाका ५२ जना, कनकासुन्दरी गाउँपालिकाका ४७ जना र हिमा गाउँपालिकाका ४५ जना गरी २५३ जनालाई अनिवार्य उपस्थित हुन निर्देशनात्मक सूचना जारी गरे पछि पछिल्लो छुटेका सहित सवै उत्साहका साथ आएपछि ३२४ जनाको स्वाब संकलन गरिएको प्रजिअ बञ्जाडेले थप्नुभयो ।
जहाजबाटै स्वाब काठमाडांै पठाइयो
संकलन गरिएको ३२४ जनाकै स्वाब नेपाली सेनाको स्काभेन जहाजबाट काठमाडांै पठाइएको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले संकलन गरिएको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको जानकारी दिनुभयो । स्वाब संकलन गर्न जुम्ला बिमानस्थलमा नेपाल प्रहरीको केन्द्रीय प्रयोगशालाका मेडिकल टोलीका डा. रुजु केसीको नेतृत्वसहित चार जना, कनकासुन्दरीको लासीपाटनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा. मंगल रावल र हिमा गाउँपालिकाको देवारगाउँ टापुमा प्रतिष्ठानका प्रयोगशाला प्रमुख बिबेक पुन मगर नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोली संलग्न थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?