logo
२०८१ माघ ३० बुधवार



कोरोना भाइरसको आशंकामा अछाममा १६८ को स्वाब संकलन

प्रदेश |


कोरोना भाइरसको आशंकामा अछाममा १६८ को स्वाब संकलन
मंगलसेनस्थित क्वारेन्टाइनमा स्वाब संकलनमा क्रममा स्वास्थ्यकर्मी । तस्बिर, शिवराज ढुंगाना



शिवराज ढुंगाना
अछाम, चैत २५ गते । कोरोना भाइरसको संक्रमणको परीक्षणका लागि अछाममा एकैदिन एकसय ५८ जनाको स्वाब संकलन गरिएको छ । स्वास्थ्य मन्त्रालयले खटाएको स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको हेलिकप्टरबाट आएर सदरमुकाम मंगलसेनका दुई स्थान र वयलपाटाका अस्पतालबाट सो संख्यामा स्वाब संकलन गरिएको हो ।
मंगलसेनस्थित क्वारेन्टाइनमा ५१ पुरुष र १३ महिला, जिल्ला अस्पतालमा ४९ जना पुरुष र चारजना महिला र वयलपाटा अस्पतालमा छ महिला र ४५ पुरुषको स्वाब संकलन गरिएको छ । आइसोलेशन र क्वारेन्टाइनमा राखिएका, होम क्वारेन्टाइनमा बसेका र कोरोना भाइरससँग मिल्दो लक्षण भएका, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाब संकलन गरिएको छ ।
संकलित स्वाब मंगलबार नै काठमाण्डौं लिएर पिसिआर विधिबाट परीक्षण गरेर नतिजा निकाल्ने भएको अछाम अस्पतालका मेडिकल अधिकृत डाक्टर अतुल भारद्धाजले जानकारी दिनुभयो । कमलबजारमा स्वाब संकलन गर्न नाम दर्ता गरिएका ६० जनाको के गर्ने भन्नेमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । रोजगारीको क्रममा रहेका भारतमा रहेका अधिकाँस व्यक्ति भारतबाट अछाम फर्केका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?