नवराज कट्टेल
विराटनगर, चैत २५ गते । प्रदेश १ मा दुईहजार ८८५ जना नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ ।
प्रदेशभरमा २५४ स्थानमा चारहजार ११५ शैया क्षमताको क्वारेन्टाइनमा बस्नेहरुको दुईहजार भन्दा बढी संख्या पुगेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सुचना डेस्कका क्वारेन्टाइनमा बस्नेको संख्या थपिएसँगै शैया संख्या समेत थपिने क्रम निरन्तर रहेको छ ।
सरकारले तोकेका केन्द्रहरुमा मंगलबार एकै दिन दुई जना महिलासहित ३८७ जना पुरुष थपिएका हुन् ।
यसैगरी, आइसोलेसनमा बसेका २१ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् । प्रदेश १ मा हालसम्म ९० जनाको थ्रोट स्वाब परीक्षणमध्ये ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २० महिला र ७० जना पुरुषको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको थियो । अब पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।