राजन रावत
सिमकोट, चैत २९ गते । भारतबाट जिल्लामा फर्किएकाहरुमा संभाबित कोरोना संक्रमणका लक्षण हुन सक्नै भन्दै जिल्लाबाट माग भएपछि कोरोना संक्रमणको आडिटी परीक्षण किटहरु हुम्ला आई पुगेका छन् ।
जिल्लामा यी किटहरु पहिलो पटक आईपुगे लगत्तै भारतका विभिन्न स्थानहरुमा काम तथा व्यापार गरी हुम्ला फर्केकाहरुको स्थलगत रुपमै स्वास्थ्यकर्मी गएर रगतबाट कोरोना संक्रमणको परीक्षण हुने भएको छ ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले कर्णाली प्रदेश सरकारबाट आरडिटी किट आई पुगेको बताउनुभयो ।
किट जिल्लामा आए लगत्तै कार्यालयको ल्याबमा भएका जनशक्तिलाई जिल्लाका बिभिन्न गाउँपालिकाहरुमा पठाएर भारतबाट फर्केकाहरु रहेको र उनीहरुको रगतको रिम्बोल लिएर कोरोना संक्रमणको आडिटी किटबाट परीक्षण गरिनेछ ।
आडिटी किटबाट रगतको परिक्षण गर्दा पन्द्र मिनेटमा कोरोना परीक्षणको रिपोर्ट आउने कार्यालयले जनाएको छ । यसका लागि हाल नाम्खा गाउँपालिकाको क्यारेन्टाईनमा रहेका २३ जना भारतबाट फर्केकाहरुको कोरोना परीक्षणका लागि एक टोली त्यसतर्फ जाने तयारी भै रहेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो ।
भारतबाट आउनेहरु जिल्लाका दक्षिणी क्षेत्रमा बढी रहेका छन् ।