चाँदनी आचार्य
लम्की, चैत ३० गते । कैेलालिको घोडाघोडी नगरपालिकामा मजदुरी गरी जिबिकोपार्जन गर्ने भारतीय नागरिकलाई नगरपालिकाले राहत उपलब्ध गराएको छ ।
भारतका विभिन्न स्थानवाटआई नगर क्षेत्रमा विभिन्न पेशा ब्यवसाय गरेका मध्ये अति दयनीय अवस्थामा रहेका १३ परिवारलाई आईतबार राहत स्वरुप खाध्यान्न सहयोग गरिएको हो
। नगरपालिकाका अधिकृत उमेश रेग्मीले घोडाघोडी नगरपालिकाले दुई चरणमा गरी करीब पन्ध्रसय परिवारमा राहत वितरण गरेको बताउनुभयो । घोडाघोडी उधोग वाणिज्य संघ ,नेपाल रेड्क्रस सोसाईटी संगको सहकार्यमा राहत वितरण भइहेको छ ।
राहत वितरण कार्यमा सक्रीय उधोग वाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसाद गौतमले नगरक्षेत्रमा कोही पनि भोकभोकै बस्न नपरोस भनेर विपन्न ,ज्याला मजदुरी गरी जिविकोपर्जन गर्नेेपरिवारलाई राहत वितरण गरेको वताउनुभयो ।
आईतबार भारतीय नागरिकलाई राहत वितरणमा खटिएका गौतमले भारतमा हजारौं नेपाली लकडाउनमा परेका छन् ,रोजगारिमा गएका उनिहरुलाई भोकभोकै मर्न नदिन भारत सरकारले नेपालमा जस्तै सहयोग गरोस भन्ने आग्रह समेत गर्नुभयो । घोडाघोडी नगरपालिका १ मा बसोबास गरी रोजगारि गर्दै आएका भारतीय नागरिकलाई कुनै भेदभाव नगरि अरु नेपाली नागरिकले जति राहत पाएका छन सोही मात्रामा राहत उपलब्ध गराईएको वडा अध्यक्ष मनराज शाहिले बताउनुभयो । १५ किलो चामल , दुईकिलो दाल,एकलिटर तेल , एकप्याकेट नुन राहतमा पाएपछि भारतीय नागरिक समेत खुशी भएकाछन् । पलियाका साहजद खान कपडा सिलाउने काम गर्नुहुन्छ उहाँको लकडाउनसंगै कामपनि बन्दभयो ।
नगरसरकारले खाध्यान्न सहयोग गरेपछि खुशि हुँदै धन्यवाद दिनुभयो भने भारतमा रहेका नेपालीलाई पनि भारतीय सरकारले सहयोग गर्न आग्रह समेत गर्नुभयो ।