logo
२०८१ मंसिर ११ मंगलवार



कोरोना अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण

प्रदेश |


कोरोना अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण


नारायणगढ समाचारदाता

रतपुर वैशाख ३ गते । कोरोना विशेष (अस्थायी) अस्पताल भरतपुरको ब्यवस्थापन भरतपुर अस्पतालले सुरु गरेको छ । भरतपुर महानगरपालिकाको समन्वयमा विभिन्न सङ्घसंस्थाहरुको पहलमा गत चैत ७ गतेबाट कोरोना अस्थायी अस्पताल सञ्चालन गरिएको हो ।

भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई सम्झौता नै गरेर अस्थायी अस्पतालको ब्यवस्थापन हस्तान्तरण गरेको भन्दै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले कोरोनाका सङ्क्रमितहरुलाई अब उपचार गर्ने जिम्मेवारी अस्पतालकै भएको बताउनुभयो ।

अहिलेसम्म कोरोना आशङ्का भएका ३५५ जनालाई परामर्शलगायतका सेवा दिएकोमा दुई सय भन्दा बढीको स्वाब परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

कोरोना अस्पतालमा ५० साधारण शय्या, १० एचडीयू शय्या र १० शय्याको सघन उपचार कक्ष रहेको छ ।

छ सय शय्याको भरतपुर अस्पताललाई कोरोना सङ्क्रमणको डेडिकेटेड अस्पताल बनाइएको छ । अध्यक्ष डा. अधिकारीका अनुसार अब कोरोना सङ्क्रमित विरामी आए भरतपुर अस्पतालमै राखेर उपचार गर्ने र आईसोलेसनमा राख्नुपर्ने बिरामीलाई मात्रै कोरोना अस्पतालमा लगिने ब्यवस्था मिलाइएको छ । भरतपुर महानगर पालिकाकी प्रमुख रेनु दाहाल अस्थाई अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण गरिएसँगै जटिल प्रकृतिका विरामीको पनि उपचारमा सहज हुने विश्वास ब्यक्तगर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?