गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ११ गते । नेपाल प्रहरीले रोल्पाको जंगलभित्र लगाएको अफिमको खेती नष्ट गरेको छ । प्रहरी प्रधान कार्यालयको आधिकारीक फेसबुक पेजमा प्रहरीले दुई रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरेको जानकारी दिएको छ ।
प्रहरीले रोल्पाको परिवर्तन गाउँपालिका ५ लामडाँडास्थित जंगलमा करिब २ रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती बुधबार दिउँसो प्रहरीले नष्ट गरेको छ ।
उक्त स्थानमा अफिम खेती रहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय घर्तिगाउँ रोल्पाबाट खटिएको प्रहरीले उक्त अफिम खेती पूर्णरुपमा फडानी गरी नष्ट गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।