logo
२०८१ मंसिर १२ बुधवार



स्याङ्जामा थप एक जनाको स्वाब परीक्षण नेगेटिभ

प्रदेश |


स्याङ्जामा थप एक जनाको स्वाब परीक्षण नेगेटिभ


अर्जुन काफ्ले

स्याङ्जा, बैशाख १५ गते । कोरोना भाइरसको बिश्वभर महामारी फैलिरहदाँ स्याङ्जामा थप एक जनाको पीसीआर टेष्ट नेगेटिभ देखिएको छ । चैत १ गते साउदीबाट आएका भिरकोट १ हेलुका एक युवामा कोरोनाको लक्षण भेटिएपछि स्वाब परीक्षणको लागि नमुना लिइएको थियो ।

चैत्र २ गते पश्चात बिदेशबाट आएका युवाहरुको टेष्ट गर्ने बिपत ब्यवस्थापन समितिको निर्णय भएपछि लक्षण भेटिएका युवाको टेष्ट रोकिएको थियो । गत मंगलबारबाट ज्वरो आउने तथा खोकी लाग्न थालेपछि बिहिबार युवाको नमुना लिइएको थियो । स्वाब पोखरामा परीक्षण पश्चात नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानाकारी दिनुभयो ।

यहाँ हाल सम्म ९९ पीसीआर टेष्ट र पाचँ सय १६ जनाको आरडिटी गरिएको र सबै नतिजा नेगेटिभ आएको शर्माले जनाकारी दिनुभयो । स्याङ्जामा बिदेशबाट चैत्र २ गते पश्चात आएका र परिवारको टेष्ट सकिएको छ भने अब बाहिरि जिल्लाबाट आएकाको परिक्षण गरिने छ । पछिल्लो एक महिना सम्म गरिएको पीसीआर र आरडिटि टेष्टले स्याङ्जा कोरोना भाइरसबाट सुरक्षित देखिएको प्रजिअ आम बहादुर कुरुम्बाङ्ले जानाकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?