logo
२०८१ फाल्गुन ११ आईतवार



१७ मा कोरोना संक्रमण पछि सिल गरिएको वीरगञ्ज (फोटो फिचर)

प्रदेश |


१७ मा कोरोना संक्रमण पछि सिल गरिएको वीरगञ्ज (फोटो फिचर)


दिपकप्रसाद गौतम
वीरगञ्ज , बैशाख २५ गते । पर्साको वीरगञ्जमा बुधबार एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समिति पर्साले संक्रमण देखिएको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर तीन सहित तीन वटा वडा सिल गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बुधबार साझ बसेको सुरक्षा समितिले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १ , २ र ३ का सबै ईलाका इलाकाहरु समेटिने गरी शिलबन्दी गर्ने निर्णय गरेपछि उक्त क्षेत्र सिल गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्र्पकमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरी यथाशिघ्र चेकजाँचको कामलाई तीव्र पार्ने , कोभिड १९ संक्रमण फैलनबाट रोक्न पूर्वमा रजत जयन्ती चौक, इदगाहचौक, छपकैया बिट चौक, मालपोत चौक, पश्चिममा छपकैया बजार चौक, सर्सिया पुल चौक, सिर्सिया भन्सार, उत्तरतर्फ एमबिएस स्कुल, पानी ट्यांकी चौक, युक्ति सुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वीरगन्ज महानगरपालिका १ र २ का भारतसँग सीमा जोडिएका सीमा क्षेत्र सहित वडा १, २ र ३ का शिलबन्दी गर्ने निर्णय जिल्ला सुरक्षा समिति पर्साले गरेको छ ।
वीरगञ्जको पावर हाउस चोकदेखि रजतजयन्ती चोकसम्मको मूख्य सडकमा बिहान ५ बजेदेखि साँझ साढे ७ बजेसम्म आवतजावत गर्न नपाईने गरी निषेधित गरिएको छ । एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने अस्पतालका सवारी साधन र अत्यावश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालयले पास जारी गरेका बाहेकका अन्य सबै प्रकारका सवारी साधनहरु (साइकल, मोटरसाइकल, टेम्पो, रिक्सा, बयलगाडा, टांगा, बस, ट्रक, ट्रिपर, ट्रयाक्टर आदि) पावर हाउस चोकदेखि रजतजयन्ती चोकसम्मको मूख्य सडकमा सञ्चालन गर्न पूर्ण रुपमा निषेध गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भन्नुभयो कृषि उत्पादन, खाद्यान्न तथा अन्य वस्तुहरुको ढुवानी यसअघि गरिएका निर्णय अनुसार नै गर्न दिने र औषधि उपचार खाद्यवस्तु खरिदजस्ता अत्यावाश्यक काम बाहेक अन्य कुनैपनि काममा कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्कन नपाउने गरी निषेधित गर्ने निर्णय समितिले गरेको छ ।
बुधबार १७ जना संक्रमित भेटिएको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३ गत चैत ३० गते देखि सिल गरिएको थियो भने गत आईतबारमा संक्रमितको घर मात्र सिल गरि खोलिएको थियो । त्यस्तै गरी बुधबार एकै परिवारका १७ जना थप संक्रमित भेटिएकाले बुधबार रातीदेखि सिल गरिएको छ । उक्त वडामा संक्रमितको सख्या १९ पुगेको छ । गत आईतबार संक्रमण पुष्टि भएका व्यक्ति वडामा राहत बाँडन सक्रिय रहेका र सो वडामा करिब १२ सय घर परिवारलाई राहत बाँडिएकाले वडाका सर्वसाधारणहरु त्रसित बनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?