logo
२०८१ बैशाख २२ शनिवार

  कालापानीमा सीमा सुरक्षा  



बुधबारसम्ममा छाङरुमा बीओपी बनाइने, २५ सशस्त्र प्रहरी खटाइँदै

प्रदेश |


बुधबारसम्ममा छाङरुमा बीओपी बनाइने, २५ सशस्त्र प्रहरी खटाइँदै
तस्बिर सौजन्य :राजेन्द्र साउद/दार्चुला ।


लोकेन्द्रप्रसाद जोशी
दार्चुला, वैशाख २९ गते । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै चीनसँग सीमाना जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले तत्काल व्यासको छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने भएको छ । बुधबारसम्म कालापानी क्षेत्र छाङरुमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको डिएसपी डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो ।
सन १९९९ देखि भारतले चीन जोड्ने उद्धेश्यले तावाघाटदेखि सडक निर्माण थालेको थियो । सन २०१५ मा भारत र चीनबिच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति भएपछि यो सडकलाइ भारतले प्राथमिकतासाथ निर्माण गरेको छ । भारतले उक्त सडकलाई तीव्रता दिन अन्तर्राष्ट्रिय कानुन र नेपालको सहमतिविपरित दुई वर्षदेखि तम्बाकु, घाटिबगर लगायत नेपाली भूमिमा सडक र काठेपुल निर्माण गरेर स्काभेटर र मजदुरलाई आवतजावत गराउँदैआएको थियो ।
अहिले दार्चुलाको उत्तरी सीमाक्षेत्र मानव बस्तीविहीन छ । सीमा जोड्ने सडक निर्माणमा भएको ढिलाइ र राज्यको कमजोर उपस्थितिको मौका छोपेर भारतले सीमा अतिक्रमण गर्दैआएको छ । सके कुटनीतिक माध्यमबाट नभए अन्तरर्राष्ट्रिय अदालत गएर भएपनि नेपालले अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने र सीमा क्षेत्रसम्म तत्काल सडक र सुरक्षा उपस्थिति गराउनुपर्ने स्थानीयको माग छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?