logo
२०८१ बैशाख २२ शनिवार



क्वारेन्टाइनबाट एकै दिन एक हजारलाई घर पठाईयो  

प्रदेश |
समाज |


क्वारेन्टाइनबाट एकै दिन एक हजारलाई घर पठाईयो  


गोकर्ण दयाल
बैतडी, जेठ २ गते । बैतडीमा एकै दिन एक हजार भन्दा बढीको स्वास्थय परीक्षण गरेर क्वारेन्टाइनबाट घर पठाईएको छ । भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन पूरा गरेका एक हजार ३६ जनाको द्रूत परीक्षण गरेर घर पठाईएको स्वास्थ्य कार्याल बैतडीका कोभिड सम्पर्क व्यक्ति भुवन जोशीले जानकरी दिनुभयो ।

जोशीले भन्नुभयो, झुलाघाट र दार्चुला नाकाबाट आएका मध्ये १४ दिन पूरा गरेका एक हजार ३६ जनाको आरडिटी ( द्रूत परीक्षण) गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाईएको हो । क्वारेन्टाइनमा अब २४८ जना रहेका छन् । घर पठाईएकाहरु एक महिना भारतीय क्वारेन्टाइनमा समेत बसेको थिए ।

याे पनि पढ्नुहाेस्

बैतडीमा ३१० जना क्वारेन्टाइनमा, स्वास्थ्य अवस्था सामान्य

क्वारेन्टाइनबाट घर पठाउन द्रूत परीक्षण गर्दा विहीबार बैतडीको डिलासैनी गाउँपालिका–१, सरस्वती मावि नानराको क्वारेन्टाइनमा रहेका ५० वर्षका एक जना पुरुषमा आरडिटी पोजेटिभ देखिएको थियो । उहाँलाई जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा राखेर शुक्रबार स्वाब सङ्कलन गरेर धनगढी पठाईको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?