logo
२०८१ बैशाख १५ शनिवार

  युवकमा सङ्क्रमण पुष्टिसँगै सिरहामा कडाइ  



एम्बुलेन्स पुग्दा सङ्क्रमित हलो जोतेर घर आउँदैथिए

प्रदेश |


एम्बुलेन्स पुग्दा सङ्क्रमित हलो जोतेर घर आउँदैथिए


जिवछ यादव
लहान, जेठ ४ गते । सिरहाको सखुवानन्कारकटि १ लतियाहीमा वैदेशिक रोजगारबाट आएको ३० वर्षीय  युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाँउलाई सिल तथा जिल्लामा बन्दाबन्दीलाई कडाइ गरेको प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाइँले बताउनुभएको छ ।
आइतबार बिहानैदेखि बन्दाबन्दीमा अनावश्यक कामकाजको लागि घर बाहिर ननिस्कन जिल्लाका सुरक्षा निकायहरूले माइकिङ गरेर सर्वसधारणलाई सचेत गराउने काम गरेको उहाँले जानकारी दिनुभयो ।
हिजोसम्म मलेसियाबाट आएको भनिए पनि खास उनी साउदी अरेबियाबाट आएको खुलेको वडाध्यक्ष शुभनारायण यादवले बताउनुभयो । यहाँ ६७ दिनपहिले आएका ३० वर्षीय युवक सङ्क्रमित भएको शनिबार पुष्टि भएपछि जिल्लाबाट एम्बुलेन्स लिन घर आएको थियो । त्यतिबेला खेतमा हलो जोतेर युवक भर्खरै घर आउँदै थिए सङ्क्रमित युवक र उनको वृद्ध आमा, पत्नी र छोराछोरीमा समेत कुनै लक्षण नदेखिए पनि लतियाहीलगायत वरिपरिको गाँउमा त्रास देखिएको छ । सङ्क्रमित युवक साउदीबाट आएपछि त्यस भेगमा निकै घुमघाम र धेरैसँग भेटिसकेकोले बढी त्रसित भएको स्थानीय छिमेकी शिक्षक राम खेलौन यादवले बताउनुभयो ।
सखुवानन्कारकटि गाँउपालिका अध्यक्ष केदारनाथ यादवका अनुसार सखुवा १ लतियाही गाँउलाई पुरै सिल गरेर वरिपरिका गाँउका कसैलाई पनि प्रवेश गर्न दिएको छैन भने कोरोना सङ्क्रमित युवकको घर परिवारका सबै सदस्यहरूको जाँचको लागि आइतबार अबेरसम्म भएपनि जाँच टोली आइपुग्नेछ । लतियाही गाउँमा सन्त्रास देखिएकोले वडाध्यक्ष शुभनारायण यादवले गाँउमा भयभीत नहुन सबैमा आग्रह गरिरहनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?