logo
२०८१ मंसिर १२ बुधवार



आइसोलेसनमा बसेका सबैको पीसीआर परीक्षण रिपाेर्ट नेगेटिभ

प्रदेश |


आइसोलेसनमा बसेका सबैको पीसीआर परीक्षण रिपाेर्ट नेगेटिभ


अर्जुन काफ्ले 
स्याङ्जा, जेठ ६ गते । जिल्ला अस्पताल स्याङ्जाको आइसाेलेसन कक्षमा रहेका पुतलीबजार ४ का छ जनासहित सातै जनाको कोरोनाको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा कोरोना सङ्क्रमितसँग सम्पर्कमा रहेको भन्दै २ वर्षीय बालिकासहित बुवाआमा गरी तीन जना, एम्बुलेन्स चालक र अन्य २ गरी ६ जनालाई आइसोलेसनमा राखिएको थियो ।

दुई वर्षीय बालिकाको उपचारका क्रममा शिक्षण अस्पताल पुगेका उनीहरू पाँच दिनअघि स्याङजा घर फर्केको थिए । शिक्षण अस्पतालमै सिन्धुाल्चाेककी कोरोना सङ्क्रमित सुत्केरी आमाको मृत्यु भएपछि यहाँ उनीहरू आइतबार आइसोलेनमा राखिएको थियो ।

त्यस्तै, जिल्ला अस्पतालका एक डाक्टरको समेत परिक्षण नेगेटिभ आएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले डाक्टरसहित सात जनाको नमुना सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

नौ जनाको स्वाब लिइयो
स्याङ्जामा थप नौ जनाको कोरोना परिक्षणका लागी नमूना सङ्कलन गरिएको छ । स्याङ्जा र कास्कीको सीमा नाका कुभिण्डेमा खटिएका कर्मचारी र पुतलीबजारको क्वारेन्टाइनमा बसेका पाँच जना गरी ९ जनाको स्वाब सङ्कलन गरिएको प्रमुख शर्माले बताउनुभयो । लकडाउन शुरु भएदेखि नै सीमा नाकामा खटिएका कर्मचारीको सुरक्षाका निमित्त स्वाब लिइएको हो । यसअघि प्रदेश नं. ५ को नाका राम्दीमा खटिएका कर्मचारीको कोरोना परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?