logo
२०८१ मंसिर १२ बुधवार



स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाद्वारा हेलिकोप्टरबाट स्वाब सङ्कलन

प्रदेश |


स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाद्वारा हेलिकोप्टरबाट स्वाब सङ्कलन


हुम्ला, जेठ ६ गते । साबिकका कर्णाली अञ्चलमा जिल्लाहरूमा स्वाब सङ्कलन र काेराेना परीक्षणको जिम्मेवारी पाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हुम्ला जिल्लामा हेलिकोप्टरबाट स्वाब सङ्कलन कार्य अगाडि बढाएको छ । सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा यसअघि प्रतिष्ठानबाट खटिएको चिकित्सकसहितको टोलीले सङ्कलन गरेका स्वाब हेलिकोप्टरमा ढुवानी गरेर जुम्ला लगिनेछ ।

प्रतिष्ठानको योजना दक्षिणी हुम्लाका चार वटा गाउँपालिका चङ्खेली, सर्केगार्ड, अदानचुली र ताँजाकोटबाट एक एक सय स्वाब सङ्कलन गरेर परीक्षणका लागि जुम्ला लिन हेलिकोप्टर हुम्ला आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताउनुभयो । सङ्कलित ती स्वाबहरू लिन सबै गाउँपालिका केन्द्रमा हेलिकोप्टर पुग्नेछ । दिउँसोसम्म नाम्खा गाउँपालिकाबाट ४१ वटा र सर्केगार्ड गाउँपालिकाबाट पचास वटा स्वाब प्रतिष्ठानबाट हेलिकोप्टरमा आएको टोलीले लिएको छ ।

बाँकी अरु तीन वटा गाउँपालिकामा हेलिकोप्टर पुगेर सङ्कलित स्वाब लिने प्रमुख सिंहले बताउनुभयो । सङ्कलित स्वाब लिन प्रतिष्ठानमा निर्देशक डा. मङ्गल रावलको टोली आएको छ । यसैबिच नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारीमा एक जनामा आरडिटी परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको छ । सो रिपोर्ट पनि प्रतिष्ठानको टोलीले पिसिआर परीक्षणका लागि जुम्ला लगेको नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख नयन भण्डारीले बताउनुभयो । प्रतिष्ठानको टोली अहिले पनि होलिकोप्टरमा स्वाब सङ्कलनमै रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?